२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झुलाघाटमा पक्की पुल नहुँदा समस्या

अ+ अ-

बैतडी । भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा महाकाली नदीमाथि पक्की पुल नहुँदा बैतडीसहित प्रदेश ७ को आर्थिक समृद्धिमा बाधा पुगेको छ । सरकारले घोषणा गरेको मध्यपहाडी लोकमार्गको अन्तिम विन्दु झुलाघाटमा पक्की पुल नहुँदा समस्या हुने गरेको छ । झुलाघाट नाकामा पक्की पुल नहुँदा बैतडीका विभिन्न क्षेत्रमा आउन चाहने भारतीय पर्यटक आउन नसकेको बैतडी उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरबहादुर चन्दले बताए । उनले भने, “सीमा क्षेत्रका धेरै पर्यटक बैतडी आउन चाहे पनि सीमाक्षेत्रमा पक्की पुल नहुँदा उनीहरूलाई भित्र्याउन सकिएको छैन ।”

झुलाघाट भारतसँग सीमा जोडिएको नाम चलेको पुरानो नाका हो । प्रदेश ७ का पहाडी जिल्लाबाट भारत जाने प्रमुख नाकाको रुपमा समेत चिनिने गरिएको छ । झुलाघाटमा मोटरेबल पुल नहुँदा यो क्षेत्रको आर्थिक समृद्धिमा बाधा पुगेको स्थानीय कैलाश जोशीको भनाइ रहेको छ ।

झुलाघाटमा पक्की पुल बनाउने बिषयमा अहिलेसम्मका सरकारले आश्वासन दिएको भए पनि पूरा भने कसैले गर्न सकेका छैनन् । झुलाघाटमा करीब डेढ सय वर्षअघि इष्टइण्डिया कम्पनीले निर्माण गरेको झोलुङ्गे पुलबाट आवतजावत भइरहेको छ । उक्त पुल जीर्ण अवस्थामा रहेको छ । भारत भ्रमणको एजेन्डामा पनि नेपालको तर्फबाट झुलाघाटसहित सीमामा पक्की पुलको कुराले चर्चा पाउने गरेको भएपनि पक्की पुल नभएकै कारण करोडौंको व्यापार घाटा व्यहोरिरहेका यहाँका व्यवसायीको भनाइ छ ।

झुलाघाटमा पक्की पुल नहुँदा नेपालमा उत्पादित तरकारी, महलगायतका वस्तुहरु निर्यात गर्न कठिनाइ भएको लघु उद्यमी समूह सङ्घ बैतडीका अध्यक्ष इन्द्रदेवशरण भट्टले बताए । उनले भने, “झुलाघाटमा पक्की पुल नभएका कारण यो क्षेत्रको आर्थिक समृद्धिमा बाधा पुगेको छ ।” यो पुल निर्माण भएपछि नेपालसँग मित्रता अझ प्रगाढ हुन्छ भारतीय सञ्चारकर्मी राजेश पञ्गरीयाको भनाइ रहेको छ । यो झोलुंगे पुल मात्र नभइ दुई देशको सम्बन्ध जोड्ने पुल भएको बताए । उनले भने, “पक्की पुल त टाढाको विषय भयो पुल जीर्णोद्वारका विषयमा समेत चासो दिइएको छैन ।”

झुलाघाटसम्म दुवै देशले पक्की सडक निर्माण गरे पनि मोटरेबल पुलका लागि सरकारले तदारुकता नदेखाउँदा समस्या भएको हो । झुलाघाट नाकामा पुल निर्माणका लागि ०५५ सालदेखि सर्भे मात्रै हुने गरेको सीमाक्षेत्रका बासिन्दा बताउँछन् । सर्भेअनुसार भारत जोड्ने पुलको लम्बाइ ९० मिटर छ । वि.सं. ०५६ मा पुलको डीपीआरसमेत बनेको थियो । उक्त डीपीआरअनुसार पुल निर्माणका लागि रु ६ करोड ५० लाख लागत लाग्ने अनुमान गरिएको थियो ।

पहाडी क्षेत्रमा सुविधायुक्त अस्पताल नहुँदा प्रदेश ७ का बैतडी, दार्चुला, डडेलधुरा, बझाङलगायत सर्वसाधारण उपचारका लागि झुलाघाट नाकाबाट भारत जाने गर्छन् । सडक सुविधा पुगेको दुई दशक बित्दासमेत सुदूरपश्चिमको पहाडी नाका झुलाघाटमा मोटरेबल पक्की पुल नहुँदा बिरामीलाई उपचारका लागि बोकेर लैजानुपर्ने बाध्यता रहेको छ ।

पञ्चेश्वर बहुद्देश्यीय आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) नबन्दा झुलाघाट पक्की पुल निर्माणको विषय पनि अन्योलमा परेको बैतडी प्रदेश ‘ख’ का सांसद लिलाधर भट्टले बताए । झुलाघाट पञ्चेश्वरको प्रभावित क्षेत्रमा पर्दछ उनले भने, “पञ्चेश्वर बहुद्देश्यीय आयोजना बन्ने भएपछि झुलाघाटमा पुल बन्न असम्भव छ ।” पञ्चेश्वर बहुद्देश्यीय आयोजनाको प्रभावित क्षेत्रमा ठूला संरचना निर्माण नगरिने बताइएको छ ।

पाटन–मेलौली बस सेवा बन्द

केही दिनदेखिको लगातारको बर्षाका बैतडीका ग्रामीण सडकहरु अवरुद्ध भएका छन् । सिल्लेगडा–कटौजपानी सडकखण्ड र मिन्नोलाको ठाउँठाउँमा पहिरो खस्दा १५ दिनदेखि सडक अवरुद्ध बनेको हो । महाकाली यातायातका सिल्लेगडाका बुकिङ कलर्क दशरथ चन्दले जानकारी दिए । उक्त सडक स्तरोन्नतिको काम हुँदा हिलाम्मे भएको उनले बताए ।

मेलौलीदेखि शर्माली तथा पञ्चेश्वर सडक पनि हिलाम्मे हुँदा १५ दिनदेखि सवारी साधन चलाउन नसकिएको जीप सञ्चालक वीरेन्द्र महताले जानकारी दिए । पाटनदेखि मेलौलीसम्म जीप सञ्चालनमा रहेको भएपनि मेलौलीभन्दा तल जीप सञ्चालन हुन नसकेको उनले बताए ।

सतबाँझ–श्रीभावर सडकमा पनि विगत ५ दिनदिनदेखि जीप सञ्चालनमा नआएका महाकाली यातायात सतबाँझका बुकिङ कलर्क कर्णबहादुर पाण्डेयले जानकारी दिए । लगातारको बर्षाले सडक हिलाम्मे हुँदा जीप सञ्चालन हुन नसकेको उनले बताए। हिलाम्मे सडक त्यसैमा ट्याक्टर सञ्चालनमा हुँदा झनै समस्या हुने गरेको उनले बताए।

देहीमाडौँ–गिरेगडा सडकखण्डमा सवारी साधान सञ्चालनमा रहेको भए पनि यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । बैतडीका अधिकांश सडक पानी पर्दा बन्द हुने गरेका छन् । जिल्लाको पाटन–पञ्चेश्वर, दुदिलाखान–गाँजरी, विफ्याकटाल–ढुंगाड, ढोल्यामोड–हाट, श्रीभावर –कुवाकोट, सतबाँझ–श्रीभावर, देहीमाडौँ–गिरेगडा, गोठलापानी–सेरा, सिल्लेगडा–कटौजपानी, अनारखोली–कैलपाललगायतका सडकमा बर्खाको समयमा गाडी चलाउन निकै समस्या हुने गरेको व्यवसायीले बताएका छन् ।

पाटन–पञ्चेश्वर सडक स्तारोन्नति तथा कालोपत्रेको काम हुँदा सवारी साधन सञ्चालन गर्न अप्ठ्यारो भएको छ । स्तरोन्नतिको काम तथा वर्षाले सडक हिलाम्मे हुने गरेको छ । महेन्द्रनगरदेखि मैलौलीसम्म दैनिक तीन बस सञ्चालनमा रहेका थिए । साउन पहिलो हप्तादेखि सेवा बन्द हुँदा यात्रुलाई समस्या भएको मेलौलीका स्थानीय सुरत पार्कीले बताए । उक्त सडकखण्डका हाल करीब दुई दर्जन जीप सञ्चालनमा रहेका भए पनि बर्खाको समयमा सडक हिलाम्मे हुँदा जीपको यात्रासमेत जोखिमपूर्ण हुने गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस