२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मेहनत गरे नेपालमै सुन फल्छ’

अ+ अ-

बैतडी । मलेसियामा काम गरेर फर्किएका बैतडीका हर्कसिंह भण्डारी अहिले कुखुरा पाल्छन् । दोगडाकेदार गाउँपालिका ६ सित्तड घर भएका भण्डारी विदेशमा पोल्ट्री फार्ममै काम गर्थे। विदेशमा धेरै दुःख गरेर उनले चार वर्ष बिताए तर पैसा कमाउन सकेन । त्यहाँ छँदै उनले अठोट पनि गरे – स्वदेश फर्केर यही पेशा अपनाउने ।

विदेशबाट फर्केर भण्डारीले श्रीमती पार्वतीको सहयोगमा खौलाबजारमा कुखुरापालनसँगै अहिले माछापालन, बाख्रापालन र गाँउमै खुद्रा पसल सञ्चालन गरिरहेका छन् । तीस वर्षीय भण्डारीले अब भुलेर विदेशमा नजाने बताउँछन्। उनी भन्छन् – “मेहनत आफ्नै भूमिमा गर्न सकियो भने सुनै फलाउन सक्छौं । हामी नेपाली स्वेदशमा मेहनत गर्दैनौं । विदेश गएर पछुताउँछौं । नेपालमै सबै कुरा सम्भव छ ।”

वि.सं. २०६६ सालमा कामको खोजीमा २१ वर्षको उमेरमा भण्डारी विदेश भासिए । विदेशी भूमिमा मालिकको आदेश मानेर बसे । मलेसियाको गर्मी, कठिन काम र न्यून तलब सम्झेर उनी अझै झस्किन्छन्। आफ्नो भोगाइ सुनाउँदै उनले भने, “आफ्नो घरपरिवार माया मारेर ऋणको भारी बोकेर विदेशिएँ । चार वर्षपछि घर फर्किंदा ल्याएको पैसा साहुको ऋण तिर्नमै ठिक्क भयो ।”

मलेसियाको ५४६ रुपैयाँ न्यूनतम तलब (नेपाली १० हजार रुपैयाँ) मा चार वर्ष गुजारेका भण्डारीलाई ती चार वर्ष काट्न निकै गाह्रो भएको रहेछ । विदेशमा पाएको कष्ट सम्झंदै उनले भने, “विदेशमा आफ्नो भन्ने कोही थिएन । बिरामी हुँदा समेत बोल्ने मान्छे पाइन्नँ” । देशमा रोजगारीको अवसर नहुँदा युवा विदेशिन बाध्य भइरहेको उनको ठम्याइ छ ।

धैरेजसो विदेश जाने बेला शुरुमा हौसिने भएपनि त्यहाँ पुगेर काम शुरु गर्दा विदेश किन आएँ होला भनेर उदेक मान्ने गरेको उनको अनुभव छ ।

मलेसियामा पोल्ट्री फार्ममा काम गर्दा भण्डारीलाई ६ महिनासम्म निकै दुःख भयो । “काम सुरु गरेको ६ महिनासम्म त आत्महत्या नै गरौं कि भनेर पनि सोचें,” उनले भने, “दुःख गरे एक दिन अवश्य सुख मिल्छ भन्ने सोच आयो । अनि आफैंलाई सम्हालें ।”
निर्वाचनका बेला भोटका लागि मात्रै थुप्रै नेताले आश्वासन दिने गरेको उनको बुझाइ छ । रोजगार दिलाइदिने आश्वासन दिने नेताहरु चुनाव जितिसकेपछि बिर्सन्छन् ।

विदेशवाट फर्केको केही दिनमै गाउँमै खुद्रा पसल थापेका भण्डारीले केही महिनामै कुखुरापालन शुरु गरे। अहिले आएर माछापालन व्यवसाय शुरु गरेका छन् ।

भण्डारीलाई श्रीमती पार्वतीले सघाइ राखेकी छन् । पार्वतीले भनिन् – “पैसा कमाउन विदेश गएका श्रीमान् रित्तो हात आए । अनि त हाम्रो व्यवसायमा लाग्नेबाहेक अरू विकल्प नै भएन । अहिले खुशीसाथ व्यवसाय गरिरहेका छौं ।”

कुखुरापालन, माछापालन, बाख्रापालन तथा खुद्रापसलबाट भण्डारी दम्पतीले मासिक ३० हजार जति कमाउने गरेका छन् ।
खौलाबजारसम्म पुग्न यातायात तथा विद्युत्को सुविधा नहुँदा व्यवसाय गर्न उनलाई केही असजिलो भएको छ । “दुई घण्टा लगाएर पन्ज्युनयाँ सडकसम्म पुगिन्छ,” उनले भने, “सडक र बिजुली पुग्यो भने व्यवसाय अझै फस्टाउने थियो ।”
एक छोरा एक छोरी रहेका भण्डारी दम्पतीले छोराछोरीको लालनपालनमा समेत राम्रैसँगै गरिरहेका छन् ।

भण्डारीका व्यवसायमा स्थानीय सरकारले पनि सहयोग गरिरहेको छ । दोगडाकेदार गाउँपालिकाले माछापालनका लागि ८० हजार सहयोग गरेको उनले जानकारी दिए ।

व्यावसायिक रुपमा कृषि पेशामा लागेका कृषकहरुलाई गाउँपालिकाले अनुदान सहयोग गरिरहेको छ । दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीले भने, “विदेशबाट फर्केर राम्रो व्यवसाय गरिरहेकाले हामीले भण्डारीलाई अनुदान सहयोग गरेका हौं ।”
आम्दानी बढाएर गाउँपालिकालाई मासु, अण्डा र फलफूलमा आत्मनिर्भर बनोउने उनीहरुको लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस