२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामुदायिक वन पुरस्कार मियाँ र भण्डारीलाई

अ+ अ-

काठमाडौं । वन संरक्षण र वातावरीय मुद्दामा कलम चलाएबापत वन तथा वातावरण मन्त्रालयले कान्तिपुरकर्मी अब्दुल्लाह मियाँलाई ‘सामुदायिक वन पत्रकारिता पुरस्कार’ प्रदान गरेको छ ।

सामुदायिक वन दिवसका अवसरमा शुक्रवार आयोजित कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मियाँसहित गोरखापत्रकी धनकुटा संवाददाता कोकिला भण्डारीलाई सम्मानपत्र प्रदान गरेका हुन् ।

पुरस्कारको राशी जनही २५–२५ हजार छ । वन तथा भू संरक्षण विभागले गत वर्षदेखि एक महिला र एक पुरुष गरी दुई जनालाई सामुदायिक वन पत्रकारिता पुरस्कार दिन थालेको हो ।

दिवसका अवसरमा मन्त्रालयले सामुदायिक, साझेदारी, निजी वन र कबुलियती वन संरक्षणमा योगदान पु¥याएका समुह र व्यक्तिलाई पनि पुरस्कार प्रदान गरियो । वन तथा भू संरक्षण विभागले संयोजन गरेको पुरस्कार ५ विधामा १४ वटा पुरस्कार प्रदान गरिएको हो ।

गणेशमानसिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारतर्फ पाल्पाको अंधेरी छरछरे सामुदायिक वन उपभोक्ता समूहलाई एक लाख, अर्घाखाँचीको घिरीखोला सामुदायिक वन उपभोक्ता समूहलाई ७५ हजार र कपिलवस्तुको विरपुर जनकल्याण सामुदायिक वन उपभोक्ता समूहलाई ५० हजार र मोरङको हरियाली सामुदायिक वन उपभोक्ता समूह तथा नवलपुरको धुसेरी सामुदायिक वन उपभोक्ता समूहलाई २५–२५ हजार नगद पुरस्कार प्रदान गरिएको छ ।

यस्तै, कवुलियती वन राष्ट्रिय पुरस्कारतर्फ पा“चथरको ठाडो नागी कवुलियती वन समूहलाई एक लाख, नवलपुरको सितलपोखरी कबुलियती वन समूहलाई ७५ हजार र प्युठानको हार्वुङ्गदीप कवुलियती वन समूहलाई ५० हजार रुपैयाँ राशिको पुरस्कार दिइएको छ ।

निजी वन राष्ट्रिय पुरस्कारतर्फ झापाको दुर्गाप्रसाद प्रसाईलाई ७५ हजार, कैलालीका मुकुन्द पाण्डेलाई ५० हजार र इलामका रघुनाथ तिम्लिसिनालाई ३० हजार रुपैया“को पुरस्कार प्रदान गरिएको छ ।

साझेदारी वन राष्ट्रिय पुरस्कार कपिलवस्तुको तिलौराकोट साझेदारी वन उपभोक्ता समूहलाई प्रदान गरिएको छ । पुरस्कारको राशी ५५ हजार ५ सय ५५ रुपैयाँ छ ।