गणेश लामालाई एक वर्ष कैद « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गणेश लामालाई एक वर्ष कैद


प्रशासन विशेष ब्युरो

२४ श्रावण २०७५, बिहिबार


गणेश लामा

काठमाडौँ । गुन्डा नाइके गणेश लामा सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतले स्रोत नखुलेको सम्पत्ति कमाएको अभियोगमा लामालाई एक वर्ष कैद हुने फैसला गरेको हो ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्य न्यायाधीशहरु द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलाशले उनलाई दोषि ठहर गर्दै अवैध रुपमा आर्जन गरेको एक करोड ४० लाख ५० हजार रुपैयाँ जफतसहित कैद सजाय सुनाएको हो।

हातहतियार तथा खरखजना मुद्धामा डिल्लीबजार कारागारमा सजाय भोगिरहेका लामालाई सम्पत्ति सुद्धिकरण विभागले ५ वर्षअघि उनीसहित परिवारका पाँच सदस्यविरुद्ध २७ करोडको स्रोत नखुलेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस