२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एउटै वडाका १६१ महिला इराकमा

अ+ अ-

चौतारा । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– ५ मार्मिङका एउटै घरका चार जनासम्म वैदेशिक रोजगारीमा गएको भेटिएको छ ।

नेपाल सरकारले खुला नगरे पनि भारतको बाटो भएर यहाँका २४७ जना इराक गएका छन् । इराक जानेमा १६१ महिला रहेको माइती नेपालको जिल्ला संयोजक पवित्रा धिमिरेले बताए। माइती नेपालले प्रत्येक घरमा गएर हालै सर्भेक्षण गरेको थियो ।

गाउँपालिकाको सो वडामध्ये साविक मार्मिङ गाविस– ४ का छ्यादी, पाखेरे र गोल्ची गाउँबाट ५२ महिला र ३० पुरुष इराक गएका छन् । यहाँ तामाङ र शेर्पा समुदायको बसोवास रहेको छ । सो गाउँमा बालबालिका र वृद्धवृद्धा मात्र घर रुँगेर बसेका छन् ।

एउटै घरबाट नन्द, भाउजु, देवरलगायत चारजनासम्म वैदेशिक रोजगारीमा गएका छन् । बुबाआमा वैदेशिक रोजगारीमा जाँदा बालबालिका खिन्न भएका पाइएको संयोजक धिमिरेले बताए । उक्त वडाबाट गत आवमा महिला र पुरुष गरी कूल ६९१ जना वैदेशिक रोजगारीमा गएका छन् ।

माइती नेपालका अनुसार वैदेशिक रोजगारीमा गएका आठजना समस्यामा परेका छन् । उनीहरु इराक, कुवेत, जापान, अष्ट्रेलिया र अमेरीकामा समस्यामा परेका हुन् । वि.सं. २०७२ मा भूकम्पका कारण तातोपानी नाका बन्द हुनुअधि त्यहाँका महिलाको प्रमुख गन्तब्य खासा रहेको थियो । आव २०७४/७५ मा जिल्लाबाट चार हजार ३१७ तथा जिल्लाको सिफारिसमा परराष्ट्र मन्त्रालयबाट चार हजार ७४७ जनाले राहदानी पाएका थिए । राहदानी पाउनेमध्ये वैदेशिक रोजगारीमा जाने सबैभन्दा बढी मेलम्ची नगरपालिकाका एक हजार २३५ तथा सबैभन्दा कम त्रिपुरासुन्दरी गाउँपालिकाका ४०५ जना रहेका छन् ।

जिल्लामा सबैभन्दा बढी भोटेकोशी गाउँपालिकाबाट ५०३ महिला वैदेशिक रोजगारीमा गएको तथ्यांक छ । विगत वर्षदेखि देशका विभिन्न भागबाट खासामा मानव तस्करी हुन थालेपछि रोकथामका लागि तोतोपानी नाकामा माइती नेपालले कार्यालय स्थापना गरेको हो ।

प्रतिक्रिया दिनुहोस