२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नव ग्रह र रत्नको सम्बन्ध

अ+ अ-

ग्रहा: राज्यं प्रयच्छन्ति–ग्रहा: राज्यं हरन्ति च ।
ग्रहैः व्याप्तमिदं सर्वं त्रैलोक्यं सभराभरम् (हस्तलिखित ग्रहपद्धति)

(ग्रह नै राज्य दिनेवाला र ग्रह नै राज्य हरने वाला हुन्छ । ग्रहहरूबाट नै सबै सचराचर त्रैलोक्य व्याप्त छ ।)

ज्योतिष शास्त्रमा ग्रहहरूलाई धेरै नै शक्तिशाली मानिन्छ । ग्रहहरूको हाम्रो जीवनमा धेरै ठुलो महत्व छ । ग्रहहरूको शुभ प्रभावले गर्दा नै यस ब्रह्माण्डमा सबै मानव दुःख–सुख, लाभ–हानि, जय–पराजय, जन्म–मृत्यु, प्रेम–द्वेष, मित्रता–वैमनस्यता अथवा राम्रा–नराम्रा जेसुकै घटना मानिसको जीवनमा घटिरहेका छन्, ती सबै ग्रहहरूकै शुभ प्रभावको कारणले नै भएको छ । मानिसको अतिरिक्त यस ब्रह्माण्डमा भएका सबै वस्तु जीव–जन्तु, पशु–पंक्षी, कीट–पतंग, बोट–बिरुवा चराचर आदि इत्यादिहरूमा पनि ग्रहहरूले आफ्नो पूर्ण प्रभाव पारेकै हुन्छ । यदि कुनै व्यक्तिको जन्म कुण्डलीमा केही ग्रह अस्त, बक्र, निर्बली, क्षीण र शत्रु गृही भएमा त्यस ग्रह सम्बन्धी कारकतत्व र क्षेत्रमा जातक–जातिकलाई कदम–कदममा कार्यमा बाधा, बिघ्न, अड्चन, रोकावट, परेशानी, ढिला–सुस्ती, जस्ता विभिन्न कमी–कमजोरी जीवनभरि भई नै रहन्छ । प्राचीन पूर्वीय वैदिक सनातन ऋषिमुनिहरूले नै यस्ता अस्त, बक्र, निर्बली, क्षीण र शत्रु गृही ग्रहहरूलाई शक्तिशाली बनाउन र मानव जीवनलाई सफल बनाउन त्यस्ता सबै ग्रहहरूको विभिन्न विधि, उपाय र प्रयोग लोक कल्याणको लागि बताएर गएका छन् ।

तीमध्ये एउटा प्रमुख उपाय हो, नवग्रह रत्नको प्रयोग । कुन रत्न लगाउने वा नलगाउने भन्नेबारे ज्योतिषीय योगहरूबाट तय गरिन्छ । मुलतः रत्नहरूको मूल्य, उपयोगिता तथा भिन्नताको कारणले प्रत्येक व्यक्तिले न त सही र उचित रत्न नै किन्न सक्छ न त त्योबाट लाभ नै लिन सक्छ । सही रत्नको निर्णय र चयनका लागि कुनै राम्रो अनुभवी ज्योतिषी तथा रत्न विशेषज्ञसँग मार्गदर्शन लिनु राम्रो हुन्छ ।

जन्म कुण्डलीमा लग्न त्रिकोण सदैव शुभ हुन्छ । यसकारण लग्नेश, पंचमेश वा नवमेशको रत्नहरू धारण गर्न सकिन्छ । यदि यी त्रिकोणको ग्रह आफ्नो उच्च राशी या स्वराशीको भएमा रत्न धारण गर्नु पर्दैन । यदि शुभ ग्रहहरू अस्त वा निर्बली भएमा सो ग्रहको रत्न धारण गरेर शुभफल प्राप्त गर्न सकिन्छ । यदि लग्नेश कमजोर वा अस्त भएमा लग्नेशको रत्नधारण गर्नु । यदि पञ्चमेश कमजोर भएमा पञ्चमेशको रत्नधारण गर्नु । यदि नवमेश भाग्येश निर्बल भएमा भाग्येशको रत्न धारण गर्नु । लग्नेशको रत्नलाई जीवन रत्न, पञ्चमेशको रत्नलाई कारक रत्न, र नवमेशको रत्नलाई भाग्य रत्न भनिन्छ । त्रिकोणको स्वामी यदि नीचको भएमा यसको रत्न धारण गर्नु हुँदैन । कहिले पनि मारक, बाधक र नीच वा अशुभ ग्रहको रत्न धारण नगर्नु होला । यसो गर्नाले अझै अशुभतामा बढ्छ । यसको लागि व्रत, ग्रहशान्ति, जप हवन, दान गरेर शुभफल लिन सकिन्छ । आफ्नो कुण्डलीमा प्रत्येक ग्रहहरूको बलाबलमाथि राम्रो विचार गरेर तदानुसार रत्नको बारेमा निर्णय लिनु राम्रो हुन्छ ।

सूर्य
सूर्य सिंह लग्नको स्वामी हो । यो ग्रहलाई आत्मा पनि भनिन्छ । सूर्य पूर्व दिशाको स्वामी हो । यस ग्रहको रङ तामाको समान रातो सुन्तलाको जस्तो हुन्छ । तपाईँको कुण्डलीमा सूर्यको स्थिति ठीक नभएमा माणिक्य धारण गर्नु फलदायी हुन्छ । यदि लग्नमा सूर्यको उपस्थिति छ भने माणिक्य धारण गर्नु राम्रो मानिन्छ किनभने लग्नस्थ सूर्य सन्तानमा बाधा एवं जीवनसाथीको लागि कष्टदायक हुन्छ ।

द्वितीय भावको सूर्यले धन प्राप्तिमा बाधक भएर नोकरीमा कष्ट दिन्छ । यस्तो स्थितिमा माणिक्य धारण गर्नाले लाभ हुन्छ ।

तृतीय भावमा सूर्य छ भने पनि माणिक्य धारण गर्नुपर्छ ।

चतुर्थ भावमा सूर्य स्थिति भएर अजीविकामा बाधक भएमा तथा बारम्बार राजयोग भंग योग बनाउँछ भने माणिक्य धारण गर्नु उपयुक्त मानिन्छ ।

सूर्य भाग्येश, धनेश या राज्येश भएर षष्ठ या अष्टम् भावमा भएमा माणिक्य धारण गर्नुपर्छ ।

जन्म कुण्डलीमा सूर्य षष्टेश् या अष्टमेश् भएर पञ्चम् या नवम् भावमा भएमा माणिक्य अवश्य धारण गर्नुपर्छ । सप्तम भावमा सूर्य स्वयंको स्वास्थ्यको लागि हानिकारक हुन्छ, अतः माणिक्य धारण गर्नुपर्छ ।

सूर्य गुरुको नक्षत्र पुनर्वसु, विशाखा, पू.भाद्रपदमा भए हर प्रकारको उन्नतिको लागि माणिक्य धारण गर्नुपर्छ ।

सूर्य आफ्नो नक्षत्रहरू कृत्तिका, उत्तराफाल्गुनी र उत्तराषाढालाई पूर्ण दृष्टिले देखिएको भएमा पनि माणिक्य धारण गर्नु राम्रो मानिन्छ । द्वितीय भाव वा द्वादश भावमा भएको सूर्यले आँखामा पीडा दिन्छ, यसका लागि पनि माणिक्य धारण गर्नुपर्छ ।

एकादश भावमा सूर्य भएमा दाइ तथा पुत्रको चिन्ता हुनाले यसको लागि माणिक्य धारण गर्दा लाभ हुन्छ । यदि सूर्य अष्टम् भावमा भएमा शीघ्र माणिक्य धारण गर्नुपर्छ ।
माणिक्यको प्रभाव आयु ४ वर्षसम्मको हुन्छ । अर्काे मतानुसार माणिक्यको विशेष प्रभाव ३ महिना १८ दिनको हुन्छ । त्यसपछि यो निस्क्रिय प्राय हुन्छ । यो नयाँ धारण गर्नुपर्छ वा पुनः प्राण–प्रतिष्ठा गरेर धारण गर्नुपर्छ ।

चन्द्रमा
चन्द्रमा कर्कट लग्नको स्वामी हो । यो मनको कारक ग्रह पनि हो । कुण्डलीमा चन्द्रमाको स्थिति निम्न प्रकारको भएमा मोती धारण गर्नुपर्छ । चन्द्रमा सूर्यको साथमा अस्त भएमा वा सूर्यबाट पाँच राशीभन्दा पहिला नै स्थिति भएमा चन्द्रमा निर्बली हुन्छ, यस्तो अवस्थामा मोती धारण गर्नुपर्छ ।

मिथुन लग्नको कुण्डलीमा सप्तम भावमा चन्द्रमा भएमा मोतीधारण गर्नाले लाभ हुन्छ । केन्द्रस्थिति चन्द्रमा निर्बली भएमा मोती धारण गर्नाले लाभ हुन्छ । यदि जन्मकुण्डलीमा चन्द्रमा पञ्चमेश भएर द्वादश भावमा, सप्तमेश भएर द्वितीय भावमा, नवमेश भएर चतुर्थ भावमा, दशमेश भएर पञ्चम भावमा, एकाददेश भएर षष्ठ भावमा भएमा शीघ्र मोती धारण गर्नुपर्छ ।

चन्द्रमा धनेश भएर सप्तम भावमा, चतुर्थेश चन्द्रमा राज्य भावमा, सप्तमेश द्वादश भावमा भाग्येश भएर द्वितीय भावमा, दशमेश तृतीय भावमा र एकादशेश चन्द्रमा चतुर्थ भावमा भएमा तुरुन्त मोती धारण गर्नु राम्रो हुन्छ । चन्द्रमा वृश्चिक राशिको भएर कुण्डलीमा कही पनि भएमा मोती धारण गर्दा लाभ हुन्छ । यदि चन्द्रमा षष्ठम्, अष्टम् तथा द्वादश भावमा भएमा शीघ्र मोती धारण गर्नुपर्छ । कुण्डलीमा चन्द्रमा शनि राहु या केतु कुनै एकको साथमा भएमा मोतीधारण गर्नु राम्रो हुन्छ । यदि चन्द्रमा आफ्नो राशीबाट षष्ठम् वा अष्टम् भावमा भएमा मोती धारण गर्दा लाभ हुन्छ । चन्द्रमाको महादशा या अन्तरदशामा मोती धारण गर्नाले लाभ हुन्छ । मोतीको प्रभाव वा आयु २ वर्ष २ दिनसम्मको हुन्छ । त्यसपछि यो निस्क्रिय प्रायः हुन्छ । मोतीलाई पुन सक्रिय बनाउन नयाँ धारण गर्नुपर्छ वा पुनः प्राण–प्रतिष्ठा गरेर धारण गर्नुपर्छ ।

मंगल
मेष र वृश्चिक लग्नको स्वामी हो । कुण्डलीमा मंगल दुषित, अस्त, निर्बली र प्रवाभहीन भएमा मंगलको रत्न मूंगा धारण गर्नुपर्छ । यदि कुण्डलीमा निम्न ग्रहहरू स्थिति भएमा मुँगा धारण गर्नाले शुभ फल मिल्छ । यदि कुण्डलीमा मंगल, राहु या शनिको साथमा कुनै पनि भावमा मुँगा धारण गर्नु उपयुक्त हुन्छ । लग्नमा मंगल भएमा मुँगा धारण गर्नुपर्छ । तृतीय भावमा मंगल भएमा बन्धुहरूसँग मतभेद बढाउँछ ।

चतुर्थ भावमा मंगल भएमा जीवन साथीलाई रोगी बनाउँछ, यसको लागि मुँगा धारण गर्नाले लाभ हुन्छ । सप्तम् र द्वादशम् भावमा उपस्थित मंगल जीवनसाथीको जीवनका लागि शुभ हुँदैन । अतः यस्तो अवस्थामा मुँगा धारण गर्नाले लाभ हुन्छ । धनेश मंगल नवम् भावमा, पराक्रमेश मंगल दशम् भावमा, चतुर्थेश मंगल एकादेश भावमा अथवा पञ्चमेश मंगल द्वादशेश भावमा भएमा मुँगा धारण गर्नु शुभ हुन्छ । नवमेश मंगल चतुर्थ भावमा, दशमेश मंगल पञ्चम भावमा वा एकादेश मंगल षष्ठ भावमा भएमा तुरुन्त मुँगा धारण गर्नुपर्छ । कुण्डलीमा कही पनि बसेर मंगल ग्रहले सप्तम्, नवम्, र एकादशम् भावहरूमा दृष्टि भएमा मुँगा अवश्य धारण गर्नु उपयुक्त हुन्छ । जन्मकुण्डली मंगल ६, ८, १२ भावमा भएमा मुँगा धारण गर्नाले लाभ हुन्छ । मंगल सूर्यको साथमा या सूर्यबाट दृष्टि भएमा मुँगा धारण गर्नु । मंगल चन्द्रमाको साथमा भए आर्थिक वृद्धिको लागि मुँगा धारण गर्नुपर्छ । मंगल षष्ठमेश वा अष्टमेशको साथमा वा दृष्टि भएमा अवश्य मुँगा धारण गर्नुपर्छ । जन्म कुण्डलीमा मंगल ग्रह बक्री वा अस्त भएमा अवश्य मुँगा धारण गर्नुपर्छ । मंगल शुभ भावको स्वामी भएर शत्रु ग्रहहरूको साथमा भएमा यसलाई शुभत्व बल दिनलाई मुँगा धारण गर्नुपर्छ ।

मंगलबारको दिन मृगशिरा, चित्रा वा धनिष्ठा नक्षत्रमा सूर्याेदयपछि ११ बजेको समयसम्म मुँगा धारण गर्न सकिन्छ । मुँगाको प्रभाव वा आयु ३ वर्ष ३ दिनसम्मको हुन्छ । अर्काे मतानुसार मुँगाको विशेष प्रभाव ४ महिना २७ दिनको हुन्छ । त्यसपछि यो निस्क्रिय प्रायः हुन्छ । मुगालाई सक्रिय बनाउन नया धारण गर्नुपर्छ वा पुनः प्राण–प्रतिष्ठा गरेर धारण गर्नुपर्छ ।

बुध
मिथुन र कन्या राशीको स्वामी हो । बुधको रत्न पन्ना हो । यदि मिथुन वा कन्या लग्नमा जन्म भएमा पन्ना धारण गर्नाले फाइदा हुन्छ । यदि कुण्डलीमा निम्न योग भएमा पन्ना धारण गर्नाले लाभ हुन्छ । जसको कुण्डलीमा बुध षष्ठम् या अष्टम् भावमा स्थित छ, त्यो व्यक्तिले पन्ना धारण गर्नाले शुभ फल प्राप्त हुन्छ । जसको कुण्डलीमा मीन राशीमा बुध छ, त्यो व्यक्तिले पन्ना धारण गर्नुपर्छ । यदि बुध धनेश भएर नवम् भावमा, तृतीयेश भएर दशम भावमा, चतुर्थेश भएर एकाददेश भावमा भएमा पन्ना धारण गर्नु राम्रो मानिन्छ । यदि बुध सप्तमेश भएर द्वितीय भावमा, नवमेश भएर चतुर्थ भावमा, एकादेश भएर षष्ठ भावमा भएमा पन्ना धारण गर्नुपर्छ । यदि बुध शुभभावको स्वामी भएर आफ्नो षष्ठम् या अष्टम् भावमा स्थिति भएमा अवश्य पन्ना धारण गर्नुपर्छ । यदि बुधको महादशा तथा अन्तरदशा चलिरहेको भएमा पन्ना अवश्य धारण गर्नुपर्छ । यदि बुध मंगल, शनि, राहु, केतुको साथमा भएमा पन्ना धारण गर्नाले शुभफल दिन्छ । पन्नाको प्रभाव वा आयु तीन वर्षसम्मको हुन्छ । अर्काे मतानुसार पन्नाको विशेष प्रभाव २ वर्ष ४ महिना २७ दिनको हुन्छ । त्यसपछि यो निस्क्रिय प्रायः हुन्छ । यसलाई सक्रिय बनाउन नयाँ धारण गर्नुपर्छ वा पुनः प्राण–प्रतिष्ठा गरेर धारण गर्नुपर्छ ।

वृहस्पति
वृहस्पति धनु र मीन राशीको स्वामी हो । यसको रत्न पुष्पराज हो । यी लग्न भएकाहरूले पुष्पराज धारण गर्नाले शुभफल प्राप्त हुन्छ । यदि जन्मकुण्डलीमा बृहस्पति पञ्चम्, षष्ठम्, द्वादशम् भावमा भए पुष्पराज धारण गर्दा राम्रो फल दिन्छ । वृहस्पति मेष, वृष, सिंह, वृश्चिक, तुला, कुम्भ, मकर, राशीहरूमा भएमा पुष्पराज धारण गर्नु राम्रो मानिन्छ । मकर राशीमा वृहस्पति भएमा तुरुन्त पुष्पराज धारण गर्नुपर्छ । वृहस्पति द्वितीयेश भएर नवम भावमा, चतुर्थेश भएर एकादश भावमा, सप्तमेश भएर द्वितीयेश भावमा, भाग्येश भएर चतुर्थ भावमा, राज्येश भएर पञ्चम भावमा स्थित भएमा पुष्पराज धारण गर्नुपर्छ । यदि वृहस्पति शुभ भावको स्वामी भएर त्यसको षष्ठम् वा अष्टम् भावमास्थित भएमा पुष्पराज धारण गर्नुपर्छ । वृहस्पतिको महादशा, अन्तरदशा तथा कुनै पनि ग्रहको अन्तरदशामा वृहस्पतिको अन्तरदशा चलिरहेको भएमा पुष्पराज धारण गर्नुपर्छ । यदि कन्याको विवाहमा विलम्ब भइरहेको भएमा शीघ्र विवाहको लागि पुष्पराज धारण गर्नुपर्छ । आध्यात्मिक विचारहरूको विकास र प्रवलताको लागि पुष्पराज धारण गर्नुपर्छ । पुष्पराजको प्रभाव या आयु ४ वर्ष ३ महिना १८ दिमसम्मको हुन्छ । अर्काे मतानुसार पुष्पराजको विशेष प्रभाव २ वर्ष १ महिना १८ दिनको हुन्छ । त्यसपछि यो निस्क्रिय प्रायः हुन्छ । यसको सक्रियताका लागि नयाँ धारण गर्नुपर्छ वा पुनः प्राण–प्रतिष्ठा गरेर धारण गर्नुपर्छ ।

शुक्र
शुक्र वृष र तुला राशीको स्वामी हो । यसको रत्न हीरा हो । यसको उपरत्न ओपल र जीर्काेण हो । यस लग्न भएको मानिसलाई हीरा धारण गर्नाले शुभफल दिन्छ । घरमा पति–पत्नीमा कलह भइरहेको भएमा हीरा धारण गर्नाले फाइदा हुन्छ । जंगलमा घुमफिर गरिरहने मानिसलाई जंगली विषालु जीव–जन्तुहरूको डर हुन्छ यस्ता मानिसहरूले हीरा धारण गर्नाले विष भय हुँदैन । जो व्यक्तिको कुण्डलीमा शुक्र शुभ भावको स्वामी भएर आफ्नो भावबाट षष्ठम् या अष्टम् भावमा भएमा हिरा धारण गर्नुपर्छ । जन्म कुण्डलीमा शुक्र यदि षष्ठम् या अष्टम भावमा भए हीरा धारण गर्नाले शुभफल मिल्छ । यदि कुण्डलीमा शुक्र नीच या अस्त छ या पाप ग्रहहरूको साथमा भएमा हीरा धारण गर्नाले लाभ हुन्छ । काम–क्रिडामा अशक्त वा निर्बल भएमा हीरा धारण गरे राम्रो हुन्छ । शुक्रको महादशा वा अन्तरदशा साथै कुनै पनि ग्रहको दशामा शुक्रको अन्तरदशा चलेमा हीरा धारण गर्नाले शुभफल प्राप्त हुन्छ । सन्तान प्राप्तिमा समस्या ढिलाई या कठिनाई आइरहेको भएमा हिरा धारणले फाइदा गर्छ । फिल्मी निर्माता, अभिनेता, कलाकारहरू र कला क्षेत्रमा जोडिएकाहरूले हिरा धारण गर्नाले सफलता मिल्छ । हिराको प्रभाव वा आयु ७ वर्ष सम्मको हुन्छ । अर्काे मतानुसार हिराको विशेष प्रभाव ३ वर्ष ४ महिना हुन्छ । त्यसपछि यो निस्क्रिय प्रायः हुन्छ । यसको सक्रियता बनाउन नयाँ धारण गर्नुपर्छ वा पुनः प्राण–प्रतिष्ठा गरेर धारण गर्नुपर्छ ।

शनि
शनि मकर र कुम्भ राशीको स्वामी हो । यसको रत्न नीलम हो । यस लग्नमा जन्म भएकाहरूलाई निलम धारण गर्नाले शुभ हुन्छ । यदि जन्म लग्नबाट शनि द्वादश, प्रथम वा द्वितीय या चन्द्रमाबाट शनि द्वादश, प्रथम वा द्वितीय भएमा साढेसाती हुन्छ । एउटा राशीमा शनि ३० महिना रहन्छ । यसप्रकारले तीन राशीमा शनिको भ्रमणकाल साढेसात वर्षको हुन्छ । यदि कसैलाई साढेसाती अनिष्टकारी भएमा नीलम धारण गर्नुपर्छ । शनिको निम्न अवस्थालाई ध्यानमा राखेर नीलम धारण गर्न सकिन्छ । यदि कसैको जन्म कुण्डलीमा शनि चतुर्थ, पञ्चम, दशम, एकादश भावमा भएमा नीलम धारण अवश्य गर्नुपर्छ । शनि षष्ठेश र अष्टमेशको साथमा भएमा नीलम अवश्य धारण गर्नुपर्छ । शनि आफ्नो स्थानबाट षष्ठम्, अष्टम् स्थानमा भएमा नीलम अवश्य धारण गर्नुपर्छ । शनि मकर र कुम्भ राशीको स्वामी हो । एउटा राशी शुभ भावमा र अर्काे अशुभ भावको स्वामी भएमा नीलम धारण गर्नु हुँदैन । तर, यदि दुवै राशी शुभ भावको भएमा नीलम धारण गर्नाले कुनै हानी गर्दैन । शनिको महादशा, अन्तरदशा वा अरु कुनै ग्रहको महादशामा शनिको अन्तरदशा चलिरहेको भएमा नीलम धारण गर्न सकिन्छ । शनि सूर्यको साथमा छ, सूर्यको राशीमा छ या सूर्यबाट दृष्ट भएमा नीलम धारण गर्न श्रेष्ठ हुन्छ । यदि जन्म कुण्डलीमा शनि मेष राशीमा भए नीलम धारण गर्नुपर्छ । यदि कुण्डलीमा शनि बक्री या अस्त या दुर्बल भएमा नीलम धारण गर्नुपर्छ । त्रूmर कर्म गर्नेहरूको लागि शनिको रत्न नीलम शुभ फल दिन्छ तथा उसलाई बचाउँछ । यसकारण नीलम धारण गर्नाले लाभ हुन्छ । नीलमको प्रभाव वा आयु ५ वर्षसम्मको हुन्छ । अर्काे मतानुसार नीलमको विशेष प्रभाव ३ वर्ष ३ दिनको हुन्छ । त्यसपछि यो निस्क्रिय प्रायः हुन्छ । यसलाई सक्रिय बनाउन नयाँ धारण गर्नुपर्छ वा पुनः प्राण–प्रतिष्ठा गरेर धारण गर्नुपर्छ ।

राहु
राहु छाँया ग्रह हो । यसको रत्न गोमेद हो । यसको रंग पहेंलो गाईको गौंतको समान हुन्छ । यो रत्न प्रायः चीन, बर्मा, अरब, सिन्धु नदीको किनारहरूमा पाइन्छ । यो उल्लु वा लाटकोसेरोको आँखा जस्तो पनि देखिन्छ । गोमेद धारण गर्नाले शत्रु बृद्धि नहुने र भएका समाप्त हुने तथा भएका रोग पनि स्वतः हटेर जान्छ । जसको राशी वा लग्न मिथुन, तुला, कुम्भ वा वृष छ, उनीहरूले गोमेद धारण गर्नाले लाभ हुन्छ । लग्न, चतुर्थ, सप्तम्, दशम् तथा एकादश भावमा राहु भएमा गोमेद धारण गर्नुपर्छ । द्वितीय, तृतीय, नवम् या एकादशभावमा राहु भएमा पनि गोमेद धारण गर्नु राम्रो मानिन्छ । राहु आफ्नो राशीबाट षष्ठम् या अष्टम् भावमा भएमा गोमेद धारण गर्नुपर्छ । राहु शुभ भावको स्वामी भएर आफ्नो षष्ठम् वा अष्टम् भावमा स्थित भएमा गोमेद धारण गर्नुपर्छ । राहु नीच धनु राशीमा भएमा पनि गोमेद धारण गर्नाले शुभफल मिल्छ । यदि राहु श्रेष्ठ भावको स्वामी भएर सूर्यबाट दृष्ट या सूर्यको साथमा या सिंह राशीमा स्थित भएमा पनि गोमेद धारण गर्नाले शुभफल मिल्छ । मकर लग्नको भएकाहरुले गोमेद धारण गर्नाले शुभत्वमा वृद्धि हुन्छ । राहु राजनीतिका प्रमुख कारक पनि हो । सफल राजनीतिज्ञ बन्नको लागि गोमेद धारण श्रेयकर हुन्छ । न्यायलयको काम गर्नेहरूको लागि पनि गोमेद श्रेयकर छ । शुक्र वा बुधको साथमा राहु भएमा पनि गोमेद धारण गर्न सकिन्छ । वकालत, न्याय, राज्य, यश आदिको लागि पनि गोमेद धारण गर्नाले धेरै नै शुभ हुन्छ । स्वाती, शतभिषा या आद्र्रा नक्षत्रहरूमा गोमेद धारण गर्नाले विशेष लाभ हुन्छ । गोमेदको प्रभाव या आयु ३ वर्ष सम्मको हुन्छ । अर्काे मतानुसार गोमेदको विशेष प्रभाव २ वर्ष ८ महिना १२ दिनको हुन्छ ।

केतु
केतु पनि छाँया ग्रह नै हो । केतुको रत्न लहसुनिया हो । फारसीमा यसलाई वैडूर तथा अंग्रेजीमा क्याट आई स्टोन भनिन्छ । लहसुनियामा जीवनमा उत्तम प्रभाव पैदा गर्ने साथै सन्तान र लक्ष्मी वृद्धि एवं शत्रु संहार गर्ने सामथ्र्य हुन्छ भन्ने विश्वास छ । जसको जन्म कुण्डलीमा केतु ग्रह दुषित वा निर्बल छ, उसले लहसुनिया धारण गर्नु पर्छ । यदि जन्मकुण्डलीमा केतु द्वितीय, तृतीय, चतुर्थ, पञ्चम्, नवम् या दशम् भावमा भएमा लहसुनिया धारण गर्नुपर्छ । कुण्डलीमा केतु ग्रह मंगल, गुरु वा शुक्रको साथमा भएमा लहसुनिया धारण गर्नुपर्छ । कुण्डलीमा केतु ग्रह सूर्यको साथमा वा सूर्यबाट दृष्ट या सिंह राशीमा भएमा लहसुनिया धारण गर्नुपर्छ । केतु शुभ भावको स्वामी भएर आफ्नो भावबाट षष्ठम् या अष्टम् भावमा भएमा लहसुनिया धारण गर्नु राम्रो हुन्छ । यदि केतु पञ्चमेश या भाग्येशमा या साथमा भएमा लहसुनिया धारण गर्नुपर्छ ।

द्वितीयेश, लाभेश, दशमेश, नवमेश या चतुर्थेशको साथमा या दृष्टि सम्बन्ध भएमा पनि लहसुनिया धारण गर्नु राम्रो हुन्छ । केतु महादशा वा अन्तरदशा चलिरहेको भएमा वा अरु ग्रहको महादशामा केतुको अन्तरदशा चलेको भएमा पनि लहसुनिया धारण गर्नाले शुभत्वमा वृद्धि हुन्छ । शुभ या सौम्य ग्रहको साथमा केतु भएमा पनि लहसुनिया धारण गर्नुपर्छ । यदि भूत–पे्रतादिको भय भएमा पनि लहसुनिया धारण गर्नाले लाभ हुन्छ । केतु सम्बन्धित कारक विषय र वस्तुको काम तथा व्यवसायहरूमा उन्नति प्रगतिको लागि लहसुनिया धारण गर्नाले लाभ मिल्छ । मेष, मीन वा धनु राशीमा चन्द्रमा भएमा या अश्विनी, मघा, मूल नक्षत्रहरूमा वा बुधबार वा शुक्रबारको दिन सन्ध्याकालमा लहसुनिया धारण गन श्रेयकर तथा शुभ फलदायक हुन्छ । यो रत्नको प्रभाव तीन वर्षसम्म हुन्छ । लहसुनियाको प्रभाव या आयु ३ वर्ष सम्मको हुन्छ । अर्काे मतानुसार लहसुनियाको विशेष प्रभाव ४ महिना २७ दिनको हुन्छ । त्यसपछि यो निस्क्रिय प्रायः हुन्छ । यसलाई सक्रिय बनाउन नयाँ धारण गर्नुपर्छ वा पुनः प्राण–प्रतिष्ठा गरेर धारण गर्नुपर्छ ।