लग्यो सबै भएको बारी र खेत विपन्नतामा
आधा निद्रा पुगेर, हुँदामा अचेत विपन्नतामा
अभाव, दरिद्रताले ठेसमठेस भरिएको भकारीमा
त्यहि बनायो दैवले क्षत विक्षत विपन्नतामा
देख्दै थियो एक पिता सपना, आफ्नो सन्ततीमा
मानेन बरै बैरीले लग्यो कोपिला समेत विपन्नतामा
साक्षात हुन्छ दुःख हर बिहान अनि बेलुका
नहुने लेख्या रै’छ सुखसँगको भेट विपन्नतामा