सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने पक्राउ


प्रशासन विशेष ब्युरो

१६ श्रावण २०७५, बुधबार


काठमाडौ‌ । बलात्कारको घटना सम्बन्धमा झूटो खबर फैलाएको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले एक अनलाइनका अध्यक्ष एवं प्रबन्ध निर्देशक एञ्जिला सापकोटालाई बुधबार काठमाडौँबाट पक्राउ गरेको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ मा यही साउन ११ गते भएको बलात्कारको घटनाका सम्बन्धमा सापकोटाले भ्रामक खबर प्रकाशित गरेको प्रहरीको दाबी छ। आरएम खबर डटकममार्फत सापकोटाले ‘यिनै हुन १४ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गर्ने प्रहरी, सक्दो शेयर गर्नु होला’ भन्ने शीर्षकमा समाचार बनाएकी थिइन्। भ्रामक सामग्रीसहित प्रहरीको पोशाक लगाएको व्यक्तिको फोटो र मृतकको फोटोसमेत पोष्ट गरी सामाजिक सञ्जालमार्फत शेयर गरेको भन्दै ब्यूरोको टोलीले उनलाई पक्राउ गरेको हो।

घटनाको अनुसन्धान भइरहेको प्रहरीको दाबी छ। घटनाम संलग्न व्यक्ति फरार रहेको अवस्थामा सामाजिक सञ्जालमार्फत संवैधानिक मौलिक हकको हनन् गरेको प्रहरीको भनाइ छ।

प्रहरीले घटनबारे अफवाह फैल्याइएकाले भन्दै विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाहीको प्रक्रिया अगाडि बढाएको ब्यूरोका प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिए। उक्त अनलाइन प्रेस काउन्सिलमा दर्तासमेत नभएको सिआइबीको भनाइ छ। रासस

प्रतिक्रिया दिनुहोस