मेक्सिकोमा विमान दुर्घटना, सबै जीवितै « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

मेक्सिकोमा विमान दुर्घटना, सबै जीवितै


१६ श्रावण २०७५, बुधबार


मेक्सिको । मेक्सिकोमा विमान दुर्घटना भएको छ । उत्तरी मेक्सिकोमा मूसलधारे वर्षा भइरहँदा उड्नलागेको विमान धावनमार्ग नजिकैको जमिनमा दुर्घटनाग्रस्त भएको छ ।

विमानमा सवार यात्रु भने सबै सामान्य घाइत भएको अधिकारीहरुले जनाएको छ ।

डुङ्गरराबाट मेक्सिको सिटीका लागि उडान भर्नेक्रममा एरोमेक्सि कम्पनीको विमान मङ्गलबार अपरान्ह ३ बजे दुर्घटनाग्रस्त भएको थियो ।

विमानमा चारजना चालक दलका सदस्य, ८८ जना पुरुष, ९ जना केटाकेटी र २ जना शिशु गरी ९७ जना यात्रु सवार रहेको जानकारी छ । रासस/एएफपी

Tags :
प्रतिक्रिया दिनुहोस