घुस माग्ने गौतम अख्तियारको फन्दामा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

घुस माग्ने गौतम अख्तियारको फन्दामा


१५ श्रावण २०७५, मंगलबार


घुस

वर्दिया । गुलरिया नगरपालिका नगरकार्यपालिकाको कार्यालय बर्दियामा कार्यरत एक सव–इन्जिनियर सेवाग्राहीसँग घुस मागेको अभियोगमा पक्राउ परेका छन् ।

असिस्टेन्ट सव–इन्जिनियर रमेश कुमार गौतमले बबई बहुमुखी क्याम्पसको शौचालय निर्माण कार्यको कार्य सम्पन्न प्रतिवेदन तयार गर्ने प्रयोजनको लागि घुस मागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरबाट खटीएको टोलीले पक्राउ गरेको हो ।

उनलाई नगरकार्यपालिकाको दर्ता चलानी तथा सोधपुछ कक्ष अगाडिबाट दश हजार घुस रकम सहित रंगेहात नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस