२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

करारका कर्मचारीलाई अवकाश दिँदा अस्पतालका सेवा ठप्प

अ+ अ-

तुलसीपुर । दाङको लमही अस्पतालमा १५ दिनदेखि एक्सरे, एम्बुलेन्स र शव बाहन सेवा ठप्प रहेको छ ।

पूर्व–पश्चिम राजमार्गमा रहेको लमही अस्पतालमा एक्सरे नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । त्यस्तै बिरामी बोक्न अतिआवश्यक मानिने अस्पतालको एम्बुलेन्स र शव बाहन सेवा अवरुद्ध हुँदा झनै समस्या भएको छ ।

गत असार ३२ गते कर्मचारीको व्यवस्थापनबिना नै तत्कालीन अस्पताल व्यवस्थापन समितिले लमही नगरपालिकाको ठाडो आदेशको भरमा अस्पतालमा करारमा रहेका नौ जना कर्मचारीलाई एकै पटक अवकाश दिएको थियो ।

अस्पतालको एक्सरे सेवा, एम्बुलेन्स तथा शव बाहन सेवामा कार्यरत नौ जना करारका कर्मचारीलाई अवकाश दिइएपछि आवश्यक जनशक्ति पदपूर्ति नहुँदा सेवा प्रवाहमा समस्या भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट बिमलेशकुमार गुप्ताले बताए ।

करारमा रहेका कर्मचारीले छाड्नु परेमा वा हटाउनुपर्ने अवस्था आएमा १५ दिनभित्र जानकारी दिनुपर्ने करार सम्झौता भए पनि आफूलाई पूर्व जानकारीबिना नै करार अवधि सकिएको पत्र थमाइएको अवकाशप्राप्त कर्मचारीले गुनासो गरेका छन् ।

अस्पतालमा २० वर्षसम्म सेवा गरेका कर्मचारीलाई बिना पूर्वजानकारी अवकाश दिइएको उनीहरुको आरोप छ । यता लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले भने अस्पतालमा कार्यरत कर्मचारी हटाइएको बारेमा जानकारी नभएको बताए ।‘अस्पताल नगरपालिकाको मातहतमा आएको छैन, अस्पताल विकास समितिले निर्णय गरेको होला’ उनले भने । रासस

प्रतिक्रिया दिनुहोस