स्वास्थ्यचौकीलाई एक लाख सहयोग « प्रशासन
Logo ९ जेष्ठ २०७९, सोमबार
   

स्वास्थ्यचौकीलाई एक लाख सहयोग


१५ श्रावण २०७५, मंगलबार


म्याग्दी । जलजला गाउँपालिका–७ धाइरिङस्थित स्वास्थ्यचौकी भवन निर्माण गर्न एक ज्येष्ठ नागरिकले एक लाख ११ हजार सहयोग गरेका छन् ।

धाइरिङ घर भई हाल बेनी नगरपालिका– ७ शान्ति टोल बस्दै आएका ९० वर्षीय बोमबहादुर केसीले सो रकम सहयोग गरोक हुन्। केसीले मिलनचोक आमा समूहलाई समेत दश हजार सहयोग गरेको उनका छोरा शेरबहादुरले जानकारी दिए ।

वडाध्यक्ष टुंगनाथ आचार्यका अनुसार स्वास्थ्यचौकीको भवन निर्माणका लागि जग्गा खरिद गर्न सहयोग संकलन अभियान थालिएको छ । भवन निर्माण गर्न रु बीस लाखमा दुई रोपनी जग्गा खरिद गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस