२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निःशुल्क स्वास्थ्य शिविरमा २२१ जनाको जाँच

अ+ अ-

लहान । सप्तरीको तिरहुत गाउँपालिका–२ मैनाकडेरीमा आइतबार आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा २२१ जनाले स्वास्थ्य जाँच गराएका छन् । कारीतास नेपालको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीले गरेको शिविरमा मैनाकडेरी, लोहजारा, डिमनलगायतका स्थानीय २२१ जनाले निःशुल्क स्वास्थ्य जाँच गराएका हुन् ।

शिविर जाँच गराएका विभिन्न रोगबाट प्रभावित स्थानीयलाई निःशुल्क औषधि वितरण गर्नुका साथै थप उपचारको लागि अस्पतालमा सिफारिससमेत गरिएको श्रीपुर्राज सामुदायिक विकास केन्द्रका दिनेश चौधरीले जानकारी दिए । शिविरको पूर्वसांसद डा. सुबोध पोखरेल र श्रीपुर्राज सामुदायिक विकास केन्द्रका अध्यक्ष सुखीलाल चौधरी संयुक्तरुपमा शुभारम्भ गरेका थिए ।

शिविरमा धरमपुरस्थित धर्मेश्वर अस्पतालका स्त्री तथा बालरोग विशेषज्ञ तथा जेनरल फिजिसिजनलगायतका विशेषज्ञ डाक्टरले स्वास्थ्य जाँच गरेका थिए । यस्तै मैनाकडेरीमै विपद् व्यवस्थापनसम्बन्धी सहभागीतामूलक संकटा बिमुखता विश्लेषण तीन दिने तालीम पनि सम्पन्न भएको छ ।

प्रहरीद्वारा २५ हजार लिटर घरेलु मदिरा नष्ट

सिरहा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट आज बिहान २५ हजार अवैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले सिरहाले शुरु गरेको अवैध मदिरा उत्पादन गर्ने मदिरा भट्टीमा छापा मार्ने अभियानअन्तर्गत जिल्लाको लहान, मिर्चैया, गोलबजार, धनगढी, सुखीपुर नगरपालिकाको विभिन्न स्थानबाट २४ हजार ९६७ लिटर अवैध मदिरा नियन्त्रणमा लिई नष्ट गरेको हो ।

सिरहाको विभिन्न स्थानमा उत्पादन हुने अवैध मदिरा खासगरी लहान, गोलबजार र मिर्चैयाका राजमार्गस्थित होटलमा बिक्री हुने गरेको छ । यसबाहेक जिल्लाको प्रायः सबै हाट बजारमा खुलारुपमा राखिने अवैध मदिराका पसल र भारतीय सीमा नजिक रहेका नेपाली बजारमा रहेका मदिरा पसल अवैध मदिराको प्रमुख बिक्री केन्द्र मानिन्छ । रासस

प्रतिक्रिया दिनुहोस