२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेपत्ता भएको ४७ वर्षपछि घर फिर्ता

अ+ अ-

लमजुङ । घर छोडेर सम्पर्कविहीन भएको ४७ वर्षपछि एक वृद्ध घर फर्किएका छन् ।

बेँशीशहर नगरपालिका–२ भकुण्डेका प्रेमबहादुर खड्का ४७ वर्षपछि घर फर्किएका हुन् । करीब पाँच दशकसम्म घर परिवारसँग सम्पर्कविहीन खड्का बुढ्यौलीसँगै अशक्त अवस्थामा पुगेपछि सोधखोज गर्दै गाउँसम्म आई पुगेका हुन् । खड्कालाई गाउँ आउँदा बूढापाकाले मात्र चिन्न सकेका थिए । उनले पनि थोरै मात्र बूढापाकालाई चिन्न सकेको बताए ।

खड्काले भारतको मेघालयको एउटा गाउँ नजिकै रहेको जंगलमा गाई फारममा काम गर्दै आएको बताए । ‘बाचेर गाउँ फर्कन्छु भन्ने सोचेको थिइन् जन्मथलो आए, सबैसँग भेटघाट भयो, खुशी लागेको छ’ खड्काले भने ।

प्रेमबहादुरको उमेर ७० वर्ष नाघे पनि अहिलेसम्म नेपाली नागरिकता छैन । ‘मेरो बुबा÷आमाले पनि नागरिकता बनाएको मलाई थाहा छैन’ उनले भने ‘७० वर्ष पुगेपछि यहाँ वृद्ध भत्ता पाइँदो रहेछ, नागरिकता बनाउन पाए सजिलो हुने थियो ।’

२००४ साल वैशाख १४ गते आफ्नो जन्ममिति भएको बताउने खड्का बाल्यकालदेखि नै काम सिलसिलामा भारतमा रहे पनि २०२८ सालमा बुबा चन्द्रबहादुर बित्दा जम्मा १४ दिन काजकिरियाको लागि घर आएका थिए । त्यसपछि पुनः भारत फर्किएका प्रेमबहादुर अहिले ४७ वर्षपछि गाउँ आएका हुन् ।

बुबा बितेपछि आमा पनि अन्यत्र विवाह गरेर गएको बताउने खड्का अहिले सौतेनी आमापट्टिका छोराअर्थात् भाइ तिलकबहादुर खड्काको परिवारसँग रहेका छन् । खड्काले आफू अहिलेसम्म अविवाहित नै रहेको बताए ।

धेरै वर्षपछि घर फर्कने क्रममा भारतकै मेघालयमा कुटपिटका साथै लुटिएको खड्काले दुःखेसो पोखे । सातजनाको समूहले उनको साथमा रहेको २३ हजार भारतीय रुपियासमेत लुटेको उनले बताए ।

कुटपिट गरेर जंगलमा फालिएका प्रेमबहादुरलाई मेघालयका स्थानीयले फेला पारेर बचाएका थिए । बेवारिसे अवस्थामा पुगेका प्रेमबहादुरलाई लमजुङ धमिलिकुवाका एकजना गुरुङ थर भएका व्यक्तिले खर्च हालेर घर पठाएका हुन् । आफूलाई घर ल्याइदिने व्यक्तिले घर धमिलिकुवा भने पनि नाम भने थाहा नभएको उनले बताए । रासस

प्रतिक्रिया दिनुहोस