२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हलोक्रान्तिका नायकलाई राज्यले सम्मान गर्न नसकेको गुनासो

अ+ अ-

लमजुङ ।
‘शेषकान्त लेप्टन, हरिभक्त तिघ्रे,
तोयानाथ पण्डित हलो जोति बिग्रे ।’

देशमा प्रजातन्त्रको उदय हुनुअघि वि.सं. २००६ साउन ११ गते आजकै दिन लमजुङको दुराडाँडा–६ अर्चल्यानीको बाटेगरामा बाहुनले सामूहिकरुपमा हलो जोतेका थिए । बाहुनले हलो जोतेको एक वर्षसम्म जताततै यही गितको हल्लाखल्ला मच्चियो ।

राणाशासनको विरोधमा हलो जोतेको अभियोगमा तत्कालीन सरकारले सामूहिक हलो जोत्नेलाई २००७ साउन ११ गते पक्राउ गरी जेल हाल्यो । त्यतिबेला हलो जोत्नेहरुको नजोत्ने बाहुनहरुबाट नै विरोध पनि भएको थियो ।

ब्राह्मणवाद तथा जातीय भेद्भावसँगै हली प्रथा अन्त्यको लागि पण्डित तोयानाथ अधिकारीको अगुवाइमा लेफ्टिनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, मायानाथ पौडेल, श्रीकान्त अधिकारीलगायत २७ जना बाहुनले नेपालमै पहिलो पटक हलो जोतेका थिए ।

पहिलो पटक २००६ मा दुराडाँडामा हलो जोतेपछि २००८ सम्ममा तनहुँ, कास्की, धादिङ, अर्घाखाँची, गोरखा र स्याङ्जामा पनि हलो जोत्न शुरु भयो । त्यसबेला हलो जोत्नेहरुलाई भातभान्छा रोकियो, माइत आएका छोरीबेटी घर जान पाएनन् । घर गएका बुहारी माइत आउन पाएनन् भने उमेर पुगेका युवायुवतीको बिहे रोकियो । जोतेको समयमा हेर्न जानेलाई समेत भात बार्ने काम भयो । कतिले हेर्न गएको थिइन् भनी ढाँटेर बिहे गर्नुप-यो । समाज अस्तव्यस्त भयो ।

बाहुनले हलो जोतेको भनेर गरिएको विभेद् तीन वर्ष पनि टिकेन बरु हलो जोत्न हुन्छ भन्ने भावनाको विकास भयो । हलो क्रान्तिको धेरैले प्रशंसा गर्न थाले । पहिला जोत्ने ठाउँमा गएको थिइन् भनेर ढाँट्ने पनि पछि त म पनि गएको थिएँ भन्न थाले ।

वर्षै साल लमजुङको दुराडाँडामा हलो क्रान्ति दिवस मनाइन्छ । यो दिवसलाई राष्ट्रव्यापी बनाउँदै हलो क्रान्तिका अभियन्तालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग लमजुङवासीको छ । तोयानाथ स्मृति प्रतिष्ठानका सचिव दीपक पौडेलले राज्यले आफुहरुको आवाज नसुनेको गुनासो गर्छन् ।

यो घटना इतिहासमा हलो क्रान्तिको रुपमा अंकित छ । हलो क्रान्तिको रुपमा साउन ११ गते दुराडाँडाँमा वर्षेनी हलोत्कर्षक दिवश मनाउने गरिएको छ । तर, यस कार्यले मात्रै यस क्रान्तिको मर्म नपुग्ने र यसलाई राष्ट्रिय हलो क्रान्तिकै रुपमा देशभर मनाउनु पर्नेमा प्रतिष्ठानका सदस्य ऋषिराम खनियाँ बताउँछन्।

हलो क्रान्तिलाई राष्ट्रिय दिवसको रुपमा मान्यता दिन र पहिलो पटक हलो जोतेर सामाजिक अभियान शुरु गर्ने अभियान्तालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने स्थानीयवासीको माग छ । हलो जोतेको दुराडाँडाको अर्च्यालेनीस्थित बाटे गरामा एक रोपनी जग्गा तोयानाथको नाममा छ ।

उनकै नामबाट उद्यान पनि बनेको छ । यहाँ हलो जोत्ने सबैको नाम ठेगाना उल्लेख गरी सालिक बनाउने उद्देश्यका साथ हलो क्रान्ति नेपाल तोयनाथ स्मृति प्रतिष्ठान नेपाल लागिपरेको छ ।

हलो क्रान्तिलाई राष्ट्रिय दिवसको रुपमा मान्यता दिन र पहिलो पटक हलो जोत्नेलाई क्रान्तिकारीको सम्मान दिन उठेको मागलाई राज्यले सम्मान गर्न सकेको छैन । हलो क्रान्तिलाई सामाजिक अभियानको रुपमा स्वीकार गर्दै क्रान्तिका नायकको स्मृतिमा विशेष कार्यक्रम गर्ने नगरपालिकाको योजना छ । ‘परिवर्तनका नायकलाई राज्यले सम्झनै पर्छ, हामी नगरपालिकाबाट पनि विशेष पहल गर्छौ’ नगर प्रमुख जनकराज मिश्रले भने ।

उनान्साठीऔं हलो क्रान्ति दिवसको अवसरमा लमजुङको दुराडाँडाको अ्रच्यल्यानीमा आज विविध साहित्यिक कार्यक्रम आयोजना गरिँदै छ । ब्राहमणहरुले पहिलोपटक हलो जोतेको स्मरणमा लमजुङको दुराडाँडाको अर्चल्यानीमा पण्डित तोयानाथ अधिकारी स्मृति प्रतिष्ठानले आज साहित्यक कार्यक्रम आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस