२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुरुको महत्व

अ+ अ-

गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः ।
गुरुः साक्षात् परंब्रह्म तस्मै श्रीगुरवे नमः ।।

अखण्डमण्डलाकारं व्याप्तं येन चराचरम् ।
तत्पदं दर्शितं येन तस्मै श्रीगुरवे नमः ।।

अज्ञान तिमिरान्धस्य ज्ञानाञ्जन शलाकया ।
चक्षुरून्मीलितं येन तस्मै श्रीगुरवे नमः ।।

स्थावरं जंगमं व्याप्तं यत्किञ्चित् सचराचरम् ।
तत्पदं दर्शितं येन तस्मै श्रीगुरवे नमः ।।

चिन्मयं व्यापितं सर्वं त्रैलोक्यं सचराचरम् ।
तत्पदं दर्शितं येन तस्मै श्री गुरवे नमः ।।

सर्वश्रुति शिरोरत्न विराजित पदाम्बुजः ।
वेदान्ताम्बुज–सूर्याय तस्मै श्रीगुरवे नमः ।।

चैतन्य शाश्वतं शान्तं व्योमातीतं निञ्जनः ।
बिन्दु–नाद–कलातीतः तस्मै श्रीगुरवे नमः ।।

ज्ञानशक्ति समारूढःतत्त्व माला विभूषितम् ।
भुक्ति मुक्ति प्रदाता च तस्मै श्रीगुरवे नमः ।।

अनेक जन्म सम्प्राप्त कर्म बन्ध विदाहिने ।
आत्मज्ञान प्रदानेन तस्मै श्री गुरवे नमः ।।

शोषणं भव सिन्धोश्च ज्ञापनं सार संपदः ।
गुरुर्पादोदकं सम्यक् तस्मै श्रीगुरवे नमः ।।

न गुरोरधिकं त्तत्वं न गुरोरधिकं तपः ।
तत्त्व ज्ञानात् परं नास्ति तस्मै श्रीगुरवे नमः ।।

ध्यानमूलं गुरुर्मूर्तिः पूजामूलं गुरुः पदम् ।
मन्त्रमूलं गुरुर्वाक्यं मोक्षमूलं गुरुः कृपा ।।

ब्रह्मानन्दं परमसुखदं केवलं ज्ञानमूर्तिम् ।
द्वन्द्वातीतं गगनसदृशं तत्त्वमस्यादिलक्षयम ।।

एकं नित्यं विमलमचलं सर्वधीसाक्षिभूतं ।
भावातीतं त्रिगुणरहितं सद् गुरुं तन्नमामि ।।

ध्यानं सत्यं पूजा सत्यं सत्यं देवो निरञ्जनम् ।
गुरुर्वाक्यं सदा सत्यं सत्यं देव उमापतिः ।।

अर्थात् गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन्, अनि गुरु भनेकै भगवान शंकर हुन् । गुरु नै हुन् सानक्षात् परब्रह्मा, यस्ता गुरुलाई म नमस्कार गर्छु ।

हामी जुनसुकै दर्शन, धर्म सम्प्रदाय वा मूल्य मान्यतामा विश्वास राख्ने भए पनि ज्ञान र सीप ग्रहण गर्न गुरु र गुरुतत्वको महत्व हुन्छ । यो ब्रह्माण्डमा सायद ज्ञानमात्रै यस्तो वस्तु हो, जसलाई जति बाँड्यो त्यति नै बढ्छ । साना नानी बाबुहरूको हातमा कलम समाएर क ख रा सिकाउने र पढाउने गुरुआमा गुरुबाहरूले दिनु भएका ज्ञानले नै हामीले जीवनको प्रारम्भिक विवेक र चेतना पाएका हौं । अधिकांश समस्या र दुविधाहरूको निरोध नै असल गुरुको प्राप्ति र छनोटमा भर पर्छ । तर, अहिलेको युगमा असल गुरु र असल शिष्य दुवैको पहिचान गर्न अति नै गाह्रो काम भएको छ । अहिलेको व्यापारिक युगमा गुरु शिष्यको सम्बन्ध आर्थिक लेनदेनमा सीमित हुन पुगेको छ । तर, यो हाम्रो सनातनीय वैदिक शिक्षा प्रणालीले अंगिकार गरेको होइन ।

संस्कृत भाषामा ‘गु’को अर्थ अन्धकार र ‘रू’को अर्थ ज्योति वा प्रकाश गर्ने हो । आफ्ना शिष्यहरूलाई उज्यालो ज्ञानको शिक्षा प्रदान गरेर उनीहरूमा रहेको अन्धकाररूपी अज्ञानता हटाउने गुरु ब्रह्मा, विष्णु, महेश्वर र साक्षात् परब्रह्मस्वरूप मानिन्छ । हाम्रो पूर्वीदर्शन हिन्दू मान्यता अनुसार संगीत लगायत ६४ कला सिकाउने, गायत्री, दीक्षामन्त्र, वेदमन्त्र दिने आचार्य, उमेर, बुद्धि, बल, अनुभवले पाका व्यक्ति पनि गुरु मानिन्छन्, पिता, माता, मामा, ससुरा, मावली बाजे, जिजुबुबा, ब्राह्मण र काका गुरुकै कोटीमा पर्छन् । विद्यार्जनका लागि पहिले २५ वर्षको उमेरसम्म ब्रह्मचार्य पालन गरेर गुरुकुलमा गई पढ्ने चलन थियो ।

पूर्वीय दर्शनहरूमा पौराणिक शिक्षा प्रणालीमा गुरु–शिष्य परम्परा र गुरुकुलहरूमा अति नै उच्चकोटीको र समान शिक्षाको व्यवस्था थियो भन्ने कुराहरूको वर्णन प्रशस्त पाइन्छ । त्रेता युगमा मर्यादा पुरूषोत्तम रामसहित उनका भाइ र द्वापरमा भगवान् श्री कृष्णले पनि गुरुकुलमै अध्ययन गरेको शास्त्रमा उल्लेख छ । पहिले गुरुहरू विद्वान् हुनाका साथै विद्यार्थीहरू पनि विनयी, गुरुभक्त र विद्याव्यासनी थिए । गुरुको मान्यता अरूले होइन स्वयंले प्राप्त गर्ने हो भन्ने कथन छ । गुरुहरू सत्यवादी असल आचरण भएका नैतिकवान र अभिभावकत्व ग्रहण गर्न सक्षम हुनु पर्छ भने शिष्यहरु पनि जिज्ञासु, मेहनती र अनुसाशित हुनुपर्छ ।

विद्वानहरुले शिक्षार्थीलाई बिरुवा, शिक्षकलाई माली, विद्यालयलाई बगैंचाका रूपमा उपमा दिएका छन् । एक प्रकृतिवादी शिक्षाशास्त्रीले बालक स्वतन्त्र जन्मिन्छ र उसलाई स्वतन्त्र रूपमा सिक्न दिनुपर्छ भनेका थिए । शिक्षकले पथप्रदर्शकको रूपमा कार्य गर्नुपर्छ । भौतिक साधन र शैक्षिक सामग्रीको प्रचुरता मात्रले पनि शिक्षण सिकाइमा उल्लेखनीय परिर्वतन ल्याउन सकिँदैन जबसम्म ती साधनहरूको समुचित प्रयोग गर्ने व्यक्तिमा सक्षमता हुँदैन । यसै सन्दर्भमा छिमेकी राष्ट्र भारतका पूर्वराष्ट्रपति सर्वपल्ली राधाकृष्णले भनेका छन्, ‘देशको उत्तम मन र मस्तिष्क भएका व्यक्तिहरूलाई मात्र शिक्षक बनाउनुपर्छ ।’
पूर्वराष्ट्रपति एपीजे अब्दुल कलामका शब्दमा, ‘शिक्षकहरू राष्ट्रका मेरुदण्ड हुन् ।’ अर्थात् योग्य र श्रेष्ठ शिक्षकहरूद्वारा नै विकसित राष्ट्रको निर्माण हुन सक्छ । एउटा असल शिक्षकमा व्यक्तिगत गुणमा राम्रो स्वास्थ्य, आकर्षक व्यक्तित्व, मधुर स्वर, रुचि र उत्साह, धैर्य र सहनशीलता, प्रेम र सहानुभूति, आत्मविश्वास, नैतिकता र चरित्रवान आदि । सामाजिक गुण्मा पक्षपातरहित, स्पष्ट वक्ता, मानवीय सम्बन्ध कायम गर्ने, सेवाभाव, क्रियाशील, विनोदप्रिय, नेतृत्व गर्ने क्षमता र समुदायको ज्ञान आदि ।

शिक्षकमा हुनैपर्ने सबभन्दा प्रमुख पेसागत गुण हो । विषयवस्तुको उच्च ज्ञान, शिक्षण कौशल, बालमनोविज्ञानको ज्ञान, शिक्षण पद्धति, विधि र प्रविधिको ज्ञान, उत्तरदायित्व बोध, जिज्ञासु र अध्ययनशील, खोज आदि ।

सारांशमा हाम्रा स्थापित मूल्य मान्यता र आदर्शलाई शतप्रतिशत रूपमा स्वीकार गरी यो समाज र देशलाई उन्नतिका दिशामा अगाडि बढाउन सक्षम नागरिकको निर्माण गुरुको ठुलो भुमिका रहेको हुन्छ । हिन्दू शास्त्रमा दुई ठूला गुरूको चर्चा गरिएको पाइन्छ, एउटा देव गुरू बृहस्पति, अर्को असुर गुरू शुक्राचार्य । शिक्षक देशका निर्माता हुन् भने शिक्षक विनाशकर्ता पनि बन्न सक्छन् । गुरूलाई ब्रह्मा भन्नुको अर्थ हो, बालबालिकाको सर्वाङ्गीण विकासमा सिर्जनात्मक शक्तिको विकास गर्नु तथा विष्णुजस्तै हेरचाह, रेखदेख, पालनपोषण गर्नु तथा महेश्वर जस्तै अज्ञान, कुमार्ग, कुविचारको नाश गर्नु । कुशल भान्छेको अभावमा भान्सामा सामानको प्रचरताले पनि सुस्वाद परिकार सम्भव नभएजस्तै असल र योग्य शिक्षकको अभावमा असल शिक्षा सम्भव छैन ।

ॐ असतो मा सद्गमय
तमसो मा ज्योतिर्गमय
मृत्योर्मा अमृतं गमय
ॐ शान्तिः शान्तिः शान्तिः ।।

हे भगवान ! मलाई सदैव सत्यतालाई आत्मासाथ गर्न देऊ, मलाई अज्ञानताको अँध्यारोमा नराख, सदैव ज्ञान र सचेतनाको उज्यालो देऊ, त्यसतर्फको मार्ग देखाऊ र मलाई यस्तो ज्ञान देउ कि म यो भौतिक संसार र मृत्युको भयभन्दा पर ज्ञानको उज्यालोमा अजर अमर रहन सकूँ । यो संसारमा शान्ति होस्, आदिदैविक शान्ति होस्, आदिभौतिक शान्ति होस् र आध्यात्मिक शान्ति होस् ।

प्रतिक्रिया दिनुहोस