२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जब प्रधानमन्त्रीले लेखेः हाम्रो नेपाल, हामी नेपाली, हामी जनताको सेवक…

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जब कार्यक्रमस्थलमा पुगे तव उनको ध्यान छेउमै ठड्याइएको रातो मसिले मूल्य–मान्यताप्रतिको प्रतिवद्धता लेखिएको सयौं व्यक्तिद्धारा हस्ताक्षरित एउटा बोर्डमा पर्यो । गम्भिर भएर माथिदेखि तलसम्म पढे ।

उनले मार्कर मागे र माथि दायाँपट्टिको खालीभागमा हाम्रो नेपाल, हामी नेपाली, हामी जनताको सेवक लेखे र हस्ताक्षर गरेँ ।

प्रधानमन्त्री ओलीले कुनै समूहले आफ्ना मागहरु पुरा गर्नका लागि संकलन गरिएको हस्ताक्षरसहितको ब्यानरमा नभई नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले नेपाल सरकारका नवनियुत्त राजपत्राङिकत तृतीय श्रेणीका अधिकृतहरुका लागि संचालित ३२ औं आधारभूत प्रशासन प्रशिक्षण तालिमका क्रममा सहभागीबाट गराइने प्रतिवद्धता पत्रमा आफ्नो भावना थपेका हुन् ।

निजामती कर्मचारी

जसमा सार्वजनिक सेवाको गरिमा र पेशागत निष्ठा कायम राखी आफ्नो अस्तित्व एवम् सन्तुष्टिलाई सदैव जनता र राष्ट्रको हितमा समपर्ण गर्दै सेवा प्रवाह गर्न वर्तमान अवस्थामा अत्यन्तै खड्किरहेका केही महत्वपूर्ण विषयहरुलाई व्यवहारमा उतार्ने र सोको प्रवद्र्धनका लागि जिम्मेवारीका साथ क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरिएको थियो । सोही प्रतिबद्धतामा ऐक्यवद्धता जनाउँदै नेपाल, नेपाली र जनताको सेवक शब्द थपेका हुन् ।

सच्चरित्रता, कानूनको पालना, पारदर्शिता र उत्तरदायित्व तथा नवप्रवर्तनशीलता गरी मुख्य चारवटा बुँदामा टेकेर नवनियुक्त अधिकृतहरुले प्रतिबद्धता गरेका थिए ।

सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीमा जनताका सेवक हौं भन्ने भावना हुनु पर्ने बताएका छन्।

प्रशासन सेवा सामान्य प्रशासन समूहका नवनियुक्त अधिकृतलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सिर्जनात्मक क्षमता प्रदर्शन गरेर काममा अब्बल हुन निर्देशन दिए।

‘एउटा परीक्षा पास गर्नुभयो। वास्तविक परीक्षामा सहभागी हुनै बाँकी छ’, प्रधानमन्त्री ओलीले भने, -‘कार्यक्षेत्रमा गएर जनतालाई कतिको सन्तुष्ट पार्न सक्नुहुन्छ ?, पारदर्शी सेवा दिनुहुन्छ ? इमान्दारिता रहन्छ कि रहदैन ? यी सबै कुरामा तपाईंहरु पास भएपछि मात्रै तपाई असली पास हुनुहुनेछ ।’

प्रधानमन्त्री ओलीले नवप्रवेशी अधिकृतलाई देशलाई राम्ररी अध्ययन गर्न र चिन्न पनि आग्रह गरे। ‘देश भनेको हिमाल पहाड र तराइ मात्र होइन’, प्रधानमन्त्री ओलीले भने, ‘देशभित्र समाज छ, विभिन्न जातजाती छन्। धर्म संस्कृति छन्। ति सबै कुराको जानकारी राख्नु पर्दछ।’

सरकार देशलाई गरिबीबाट मुक्ति दिलाउने अभियानमा लागेको र देश नयाँ परिस्थितिमा भएकाले अब पुरानो मान्यताको सोचाइमा पनि परिवर्तन गर्नुपर्ने प्रधानमन्त्री ओलीले बताए।

निजामती कर्मचारी

प्रतिक्रिया दिनुहोस