२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ऋण तिर्न विदेशिएका गर्भुको शव आउँदा परिवारको विलाप

अ+ अ-

बर्दिवास । विदेश गएका पतिले कमाएर ल्याउने रकमले सबै आवश्यकता पूरा गर्ने महोत्तरी जिल्लाको भंगहा नगरपालिका–४ पलार बस्तीकी सियान्कीदेवी बाँतरले सँगालेकी सपना चकनाचुर भए जब उनका पति बाकसमा लास बनेर आए ।

साहुको ऋण तिर्ने, साना नानीहरुलाई नयाँ कपडा दिने र घरको आवश्यकता पूरा गर्ने सपना संगालेर सउदीअरब गएका पति गर्भु बाँतरको शव बाकसमा आएसँगै सियान्कीदेवीको सपना चकनाचुर भएको हो ।

गत जेठ ६ गते सउदीअरबमा सडक दुर्घटनामा मृत्यु भएका गर्भुको शव गत मंगलबार घर आएर उनको अन्तिम संस्कार पनि सम्पन्न भइसकेको छ । तर पराले झुप्रोको पिँढीमा बिलौना गर्दै ढलेकी सियान्की भने अझै उठेकी छैनन् । ‘आब कोन आधार स जियब्’ (अब के आधारले बाँच्ने होला) घरमा भेट्न आउने आफन्तसँग सियान्की यस्तै बिलौना गरिरहेकी भेटिन्छिन् ।

गरिबी, अभाव र अशिक्षा एवं सामाजिक चेतनाले पछि परेको तराईको आदिवासी दलित जातिका ४२ वर्षीय गर्भु दुई वर्षअघि रोजगारीका लागि सउदीअरब गएका थिए । गत जेठ ६ गते सडक दुर्घटनामा मृत्यु भएका उनको शव गतमंगलबार बाकसमा बन्द भएर घर आउँदा परिवारजनमात्र नभएर पूरै बाँतर बस्ती शोकमा डुबेको छ ।

गर्भुकी ठूली छोरीको बिहे भए पनि अरु चार सन्तानमध्ये कान्छा छोरा चार वर्षीय आशिक बाँतर भने बाबुको मृत्युबारे पूरै बेखबर छन् । “हमर बाबु चकलेट लतै” (मेरो बाबुले चकलेट ल्याइदिन्छन्) आफ्नै उमेरका साथीसँग खेल्न व्यस्त रहेका आशिक भनिरहेका हुन्छन् ।

विदेशमै मृत्यु भएका गर्भुका परिवारले पाउने सुविधा र क्षतिपूर्तिबारे अहिले यकिन नभएको भंगहा–४ का वडाध्यक्ष अशोककुमार महतोको भनाइ छ । अब गर्र्भुको क्रियाकर्म सकेर सोबारे पहल थालिने महतोले बताए । रासस

प्रतिक्रिया दिनुहोस