साढे ३ किलो सुनसहि दुई थाइ महिला पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

साढे ३ किलो सुनसहि दुई थाइ महिला पक्राउ


९ श्रावण २०७५, बुधबार


काठमाडौं । विमानस्थल प्रहरीले साढे ३ किलो सुन सहित दुई थाई महिलालाई पक्राउ गरेको छ ।

पक्राउ परेका महिलाले तस्करिको नयाँ विधि प्रयोग गरेका छन् । बैंककबाट आएकी राहदानी नम्बर एबी १३७३७९८ भएकी जुथामास र राहदानी नम्बर एबी १९९९५०३ भएकी प्रेरायानुमले बेल्टको बक्कल, घडीको कभर, सिक्का र चाबी बनाएर सुन नेपाल भित्र्याएकी हुन् ।

विमानस्थल प्रहरीका अनुसार जुथामासबाट २१ वटा तथा प्रेरायानुमबाट २२ वटा सुनका टुक्रा बरामद भएका छन् ।

उनीहरुलाई विमानस्थलको भन्सार कार्यालय पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस