नेकपाको निर्देशनपछि कानुनमन्त्री तामाङ राजिनामा दिने तयारीमा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेकपाको निर्देशनपछि कानुनमन्त्री तामाङ राजिनामा दिने तयारीमा


प्रशासन विशेष ब्युरो

८ श्रावण २०७५, मंगलबार


शेरबहादुर तामाङ

काठमाडौँ । कानुन तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङ पदबाट मंगलबार दिउँसो राजीनामा दिँदैछन् ।

आफ्नै अभिव्यक्तिका कारण आलोचित बनेका मन्त्री तामाङलाई पार्टी भित्रैबाट राजीनामा दिन दवाव परेपछि उनी राजिनामा दिने भएका हुन् ।

केही दिन अघि उनले एक कार्यक्रममा बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएका थिए । त्याहाँ पढ्न जाने छात्राहरुले सर्टिफिकेटका लागि आफ्नो अस्मिता सुम्पनु पर्ने कुरा आफुले सुनेको बताएपछि सर्वत्र आलोचित बनेका तामाङले नेपालमा मेडिकल कलेज खोल्नुपर्छ भन्ने आफ्नो मत पुट्याई गर्न उनले आफूकहाँ पनि केही उजरी आएको भन्दै अस्मिता बेच्न बाध्य हुुनु परेको बताएका थिए ।

मन्त्री तामाङको अभिव्यक्ति गलत भएको र यसले बंगलादेशमा पढेका तथा पढिरहेका छात्राहरुको अस्मितामाथि दावा बोलेको भन्दै सामाजिक सञ्जालमा ब्यापक आलोचना भएपछि सत्तारुढ नेकपाकै नेताहरुले समेत आलोचना गरेका थिए ।

सोमबार राति प्रधानमन्त्री केपी ओलीसहितको नेपापाको सचिवालय बैठकमा नेताहरुले उनलाई राजीनामा गराउनु पर्ने मत राखेका थिए। पार्टीमा पूर्व प्रधानमन्त्री माधव नेपाल निकट मानिने तामाङलाई राजिनामा गराउन नेता नेपाल आफैले चासो राखेको बताइएको छ।

नेपाली विद्यार्थीहरुले भोग्नु परेको समस्यालाई उजागर गरेको भन्दै विवादास्पद अभिव्यक्तिको बचाउमा विज्ञप्ति जारी गर्दै माफी मागेपनि सबैतिरबाट कारवाही नै हुनुपर्ने दबाब सरकारलाई बढ्दै गएपछि सोमबार साँझ अबेरसम्म बसेको छलफलमा प्रधानमन्त्री ओली लगाएत शीर्ष नेताहरुले मन्त्री तामाङलाई राजिनामा दिन सुझाएका थिए ।

सबैतिरबाट चौतर्फि आक्रमण भईरहँदा थप आलोचित हुने अभिव्यक्तिले सरकार र पार्टिलाईसमेत असर पर्न गएकोले उनको राजिनामा नै उत्तम विकल्प भएको छलफलमा सहभागी एक नेताले प्रशासन डटकमलाई बताए ।

मन्त्री तामाङले मंगलबार दिउँसो २ बजे मन्त्रालयमा पत्रकार सम्मेलन बोलाउने र उक्त सम्मेलनमा नै पदबाट राजीनामा दिएको घोषणाको तयारी रहेको स्रोतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस