२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिरामीको सेवा रोकी आन्दोलनमा नउत्रन आग्रह

अ+ अ-

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले त्रिवी शिक्षण अस्पताल महाराजगन्जका चिकित्सकलाई बिरामीको सेवा रोकी आमहडतालमा नउत्रन आग्रह गरेको छ ।

संगठनको चौथो केन्द्रीय कमिटी बैठकका निर्णयबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष केदार देवकोटाले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा आमहडताल गर्दा बिरामीको उपचारमा गम्भीर असर पर्ने भएकाले चिकित्सकलाई अस्पतालमा हडताल, जुलुसजस्ता कार्य नगर्न आग्रह गरेका हुन् ।

उनले डा गोविन्द केसीले उठाएका कतिपय माग जायज भएको र चिकित्सा शिक्षा विधेयक संसद्मा दर्ता भएकाले संसद्बाट नै समाधान खोजिनुपर्नेमा जोड दिए ।

“एकजना व्यक्तिले राखेको माग राज्यले पूरा गर्न सक्दैन”, उनेले भने, “कुन ठाउँमा कुन कलेज र शिक्षा दिने अधिकार सरकारलाई छ । त्यसैले अनशनका नाममा सबै अस्पताल बन्द गरेर लाखौँ जनताले स्वास्थ्योपचार गर्न पाउने वातावरणबाट वञ्चित गर्नु हुँदैन ।”

यसैगरी संगठनले ‘समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने सरकारको नारालाई सार्थक बनाउन पनि सबै कर्मचारीलाई आह्वान गरेको छ ।

अध्यक्ष देवकोटाले अब स्थायी सरकारबाट नै मुलुकलाई समृद्ध बनाउने दिशातर्फ कर्मचारी लाग्नुपर्ने बताए । सरकारले स्थानीय तहमा खटाएको ठाउँमा कर्मचारी जान तयार भएपनि सरकारले नै कर्मचारी नखटाउँदा स्थानीय तहमा कर्मचारी अझै नपुगेको उनले चर्चा गरे । यसैगरी कर्मचारी समायोजन ऐनअनुसार संघ, प्रदेश र स्थानीय तहमा तत्काल कर्मचारी समायोजन गरेर पठाउन र स्वेच्छिक अवकाश योजनासमेत कार्यान्वयन गर्न पनि सो अवसरमा जोड दिइएको थियो ।

यस्तै बजेटमा वक्तव्यमा घोषणा गरिएअनुसार उच्चस्तरीय तलब आयोगसमेत गठन र राष्ट्रसेवक कर्मचारीको लगानीमा जलविद्युत् आयोजना सञ्चालन गर्न नीतिगत व्यवस्थाअनुसार उपयुक्त आयोजना छनोट गर्न बढ्दो महँगी नियन्त्रण गर्न, कृत्रिम अभाव, कार्टेलिङ तथा सिण्डिकेट अन्त्य गर्न र सुशासनको प्रत्याभूति उपलब्ध गराउन पनि सरकारसँग माग गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस