संघीयतालाई संस्थागत गर्ने पहिलो दायित्व : डोरमणि पौडेल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

संघीयतालाई संस्थागत गर्ने पहिलो दायित्व : डोरमणि पौडेल


७ श्रावण २०७५, सोमबार


सिन्धुली । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अहिले सरकारमाथि चौतर्फी प्रहार भएको बताएका छन् ।

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४० औंँ स्मृति दिवसका अवसरमा आजाद स्मृति भवन सिन्धुलीमा आयोजित कार्यक्रममा पुष्पलालको तस्वीरमा माल्यार्पणपछि उनले चौतर्फी प्रहारमा पनि सरकार दृढताका साथ अघि बढिरहेको बताए ।

उनले सबैभन्दा पहिला संघीयतालाई संस्थागत गर्नुपर्ने पहिलो दायित्व रहेको बताए।

प्रदेश नं. ३ का १३ वटैै जिल्लामा समान तवरले विकास गर्ने आफ्नो संकल्प रहेको र त्यहीअनुरुप काम गर्ने बताउँदै उनले भने, “रोजगारी सिर्जना गर्ने, हरेक गाउँमा आधारभूत कुरा पूरा गर्नेमा आफू सदैव अघि बढेको छु, त्यसैले तपार्इँहरुले निहुरिनुपर्ने काम म गर्दिन, जे गर्छु सबैको हितमा गर्दछु ।”

कार्यक्रममा प्रदेश सभासद् विनोदकुमार खड्का, लेखनाथ दाहाललगायत नेकपाका नेता तथा कार्यकर्ताले पुष्पलालको सपनामा मदन भण्डारीले एउटा तला थपेको र अबको सरकारले यसलाई पूर्णता दिने बताएका थिए । यसैबीच मुख्यमन्त्री पौडेलले सिन्धुली प्रदेश नं १ ख का प्रदेश सांसद प्रदीप कटुवालसँग भेटी उनकी आमा तम्कमायाको उपचारका क्रममा ७४ वर्षका उमेरमा यही साउन २ गते निधन भएकामा समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस