वसन्तपुरमा सुरू भयो सामुहिक सत्याग्रह « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

वसन्तपुरमा सुरू भयो सामुहिक सत्याग्रह


६ श्रावण २०७५, आइतबार


काठमाडौं । वसन्तपुरमा सामुहिक  सत्याग्रह शुरु भएको छ । अनशनरत डा. गोविन्द केसीका मागमा समर्थन जनाउन सत्याग्रह सुरु गरिएको छ ।

‘सोलिडारिटी फर डा केसी’ अभियानले काठमाडौंको वसन्तपुरमा बिहान १० देखि सामूहिक अनसन सुरु गरेको हो। पहिलो दिन आज अनसन साँझ ५ बजेसम्म चल्ने छ।

अनसनमा सामाजिक अगुवा, चिकित्सक, नर्स, विभिन्न पेशागत संघसंस्थाका प्रतिनिधि, कानुन व्यवसायी, विद्यार्थी तथा आम सर्वसाधारणको सहभागिता रहेको छ।

डा. केसीका समर्थकहरुले सरकारले मागका सम्बन्धमा कुनै चासो नदेखाउँदा सामुहिक सत्याग्रह शुुरु गरेका हुन् । डा. केसीका माग सम्बोधन नभएसम्म अनसन जारी रहने जनाइएको छ ।

चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै डा केसी विगत २३ दिनदेखि अनसनमा छन्। गत असार १६ गते जुम्लामा अनसन बसेका डा. केसीलाई सरकारले गत बिहीबार मात्रै काठमाडौं ल्याएको थियो।

डा. केसीकै समर्थनमा हिजो शनिबार माइतिघर मण्डलादेखि नयाँबानेश्वरसम्म विशाल प्रदर्शन हुनुका साथै झडप समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस