१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वनमा बेथिति !

अ+ अ-

काठमाडौं । सिंहदरवारको चौघेराभित्र नपसेकालाई लाग्दो हो– यहाँका कार्यालय नमुना होलान् । तर, तिनीहरूलाई के थाहा यहाँका कार्यालयमा हुने ‘काला कर्तुत’बारे ।

यो कुनै एक कर्मचारी, एउटा कार्यालय वा एक दिन वा एक महिनाका आधारमा भनिएको होइन, विगतदेखि वर्तमानसम्मकै यथार्थ हो ।

असारे विकासले देश डुब्यो भनिँदै आएको वर्षाैं भयो । जब सिंहदरवारलाई नै असारे विकासको भूतले छपक्कै ढाकेको छ त अरुको के कुरा । आफै चुर्लुम्म डुबेपछि अरुलाई भन्ने हिम्मत कसरी आउँछ त ए त्यसो नगर है भन्नलाई ।

सन्दर्भ सामान खरिदको हो । हरेक कार्यालयहरूमा वर्षको अन्त्यमा ठूलै परिमाणमा विभिन्न सामानहरू खरिद गरिन्छ । तर, ती सामानहरू कार्यालय प्रयोजनका लागि कति आवश्यक छन् भन्ने कुराको औचित्य देखिँदैन ।

कागज, कलम, मसीलगायत खुद्रा मसिनाबाहेक लाखौं मुख्य पर्ने अन्य सामानहरू एक पटक खरिद गरेपछि वर्षौसम्म टिक्छन् । तर, लामो समय टिक्ने फर्निचर किन वर्षेनी सामानहरू किन खरिद गरिन्छन् ?

कृषि मन्त्रालयको करिडोरमा थन्क्याइए कृषि मन्त्रालयका फर्निचर बाहिरी कथा देखाएको दुई दिन पछि वन मन्त्रालयमा पुग्यौं । त्यहाँ झन् बेथिति देखियो ।

काम लाग्ने अवस्थाका फर्निचर स्टोर कक्ष तथा करिडोरमा राखिएका थिए ।

पसलमा सुरक्षित राख्न बेरिएको प्लास्टिक समेत नच्यातिएको कुर्सी करिडोरमा थन्क्याएको कृषि मन्त्रालयभन्दा कुनै कम छैन वन मन्त्रालय करिडोर ।

असारमा रोपाहारहरूले हिलाम्य खेत छपक्कै ढाकेजस्तै मन्त्रालयका करिडर पनि फर्निचरहरूले हिँड्न समेत असहज हुनेगरी भरिभराउ छन् ।

यसबारे मन्त्रालयमा बुझ्दा कर्मचारीपिच्छे फरक–फरक कुरा आए । प्रवक्ताको मोबाइल स्विच अप भएपछि हामीले सूचना अधिकारीलाई बुझेका थियौं । कोठाहरू सरसफाइ गर्ने काम भएकोले भित्रका

सामानहरू बाहिर राखिएको उनले बताए । नयाँ खरिदपछि पुराना करिडोरमा राखिएको हो भनिन्छ नि भन्ने प्रश्नमा उनले पूरै त्यसो त नभएको तर टुटफुट भएको चेन्ज गर्ने काम भएको र केही थप्ने कुराहरू भएको स्विकारे ।

त्यसपछि हामीले एक सहसचिवसँग पनि बुझेका थियौं उनले मिलाउने क्रममा त्यसरी राखिएको बताए ।

त्यसपछि हामीले अन्य केही कर्मचारीहरूलाई पनि बुझ्यो । उनीहरूका अनुसार हरेक वर्षझैँ असार मसान्तमा नयाँ सामानहरू खरिदपछि पुराना सामानहरू यसरी नै करिडोर, भर्याङ हुँदै छतसम्मै मिल्काउने प्रवृत्ति छ । यी दृश्यहरु जस्ताको त्यस्तै तपाईँहरूलाई देखाउँदैछौं ।

ती सामानहरू हेर्दा बिग्रेको, भत्केको तथा कामै नलाग्ने देखिँदैन । तर, ती सामान प्रयोग नगरी थन्काइएका छन् ।

हेर्नुस् वन मन्त्रालयको करिडोर आवरण

प्रतिक्रिया दिनुहोस