डा. केसीका माग पूरा गर्न केसी बचाऔं अभियानद्वारा प्रधानमन्त्रीलाई ज्ञापन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

डा. केसीका माग पूरा गर्न केसी बचाऔं अभियानद्वारा प्रधानमन्त्रीलाई ज्ञापन


४ श्रावण २०७५, शुक्रबार


बुटवल । डा.गोविन्द केसीको माग पूरा गर्न डा.गोविन्द केसी बचाऔं अभियान सिद्धार्थनगर, रुपन्देहीले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र पठाएको छ ।

जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमार्फत डा.गोविन्द केसी बचाऔं अभियानले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र पठाएको छ ।

डा. केसीले उठाएका जायज माग तुरुन्त पूरा गर्नुपर्ने, डा.केसीसंग भएका पूर्व सहमतिहरु कार्यान्वयन हुनुपर्ने, साउन ३ गते जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा.केसीका समर्थकमाथि भएको अमानवीय व्यवहारको निष्पक्ष छानबिन गरी दोषीमाथि कारवाही हुनुपर्ने र स्वास्थ्य तथा शिक्षा क्षेत्रकोे माफियाकरण अन्त्य गरी शिक्षा र स्वास्थ्य निःशुल्क एवं सर्वसुलभ व्यवस्था हुनुपर्ने माग राख्दै सो अभियानले ज्ञापनपत्र बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस