चुनावी नारा फ्रि वाईफाई अहिले १३ प्रतिशत कर, आखिर किन सरकार ? « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

चुनावी नारा फ्रि वाईफाई अहिले १३ प्रतिशत कर, आखिर किन सरकार ?


२ श्रावण २०७५, बुधबार


काठमाडौं । नेपाल विद्यार्थी संघले सरकारले इन्टरनेटमा १३ प्रतिशत कर लगाएको भन्दै खारेजीको माग गर्दै बुधबार नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालय घेराउ गरेको छ ।

निर्वाचनको बेला फ्रि वाईफाईको सपना बाडेको बामगठबन्धले सरकारमा पुग्ने वित्तिकै इन्टरनेटमा १३ प्रतिशत कर बृद्धि गरी करिब २५ प्रतिशत पुगाएको भन्दै नेविसंघले विरोध जनाएको हो ।

‘किन हान्छौं ओली जतासुकै महंगीको गोली’, नेविसंघका अध्यक्ष नैनसिंह महरले भने, ‘केही दिन पहिले दैनिक उपभोग्य बस्तुको मूल्य वृद्धि गरेर जनताको ढाड सेकेको सरकारले फेरी इन्टरनेटमा कर बृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको छ।’ उनले विश्वले सञ्चार प्रविधिमा फडको मारिरहेको वर्तमान अवस्थामा यस्तो हर्कत गर्नु सरकारको गैरजिम्मेवारी पन भएको बताए ।

उनले यो सरकारले जनतालाई सूचनाको पहुँचबाट टाढा राख्न खोजेको आरोप लगाए । कम्युनिष्ट नेतृत्वको सरकार सर्वसत्तावाद उन्मुख भइरहेको बताउँदै महरले त्यसका विरुद्ध कडा रुपमा उत्रिने बताए ।

प्रतिक्रिया दिनुहोस