नेविसंघको -यालीमा प्रहरी दमन, अध्यक्ष सहित २२ घाइते « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेविसंघको -यालीमा प्रहरी दमन, अध्यक्ष सहित २२ घाइते


१ श्रावण २०७५, मंगलबार


काठमाडौं । डा. गोविन्द केसीको मागमा ऐक्यवद्धता जनाउँदै माइतीघरबाट शान्तिपूर्ण -यालिमा उत्रिएको नेपाल विद्यार्थी संघका कार्यकर्तामाथी प्रहरीले दमन गरेको छ । माइतीघरबाट बानेश्वरतर्फ गइरहेको नेविस‌ंघको टोली र प्रहरीबीच मंगलबार दिउँसो बबरमहलमा झडप भएको हो ।

झडपमा नेविसंघ अध्यक्ष नैनसिंह महर, उपाध्यक्ष पुष्पकुमार शाही, उपाध्यक्ष निलकण्ठ रिजाल, आनन्द त्रिपाठी, मनिष ऐर, विपिन कटुवाल, शुसान्त सिटौला लगायत २२ नेता कार्यकर्ता घाइते भएका छन् ।

२०६२/६२ को झल्को दिने गरि स्वस्फुर्त रुपमा हजारौं विद्यार्थीहरुको सहभागिता रहेको जुलुसमा ओलीसरकार जनमासबाट आत्तियर सयौंको संख्यामा प्रहरी खटाई आन्दोलन तित्तर बित्तर पार्न खोजेको नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरको आरोप छ । उनले नेपाली कांग्रेसले यही साउन १५ गते ओली सरकारको अलोकतान्त्रीक कदम विरुद्ध देश व्यापी आन्दोलन गर्ने र त्यसमा नेविसंघको पनि ऐक्यवद्धता रहने बताए।

‘सरकार सर्वसत्तावाद उन्मुख भयो’, महरले भने, ‘हैन भने शान्तिपूर्ण जुलुसमा लाठिचार्ज किन गरियो ?’ आफूहरु माथि गरिएको दमनको ओली सरकारले ठुलो मूल्य चुकाउनु पर्ने उनको चेतावनी छ ।

महरले आफ्ना घाइते कार्यकर्ताको बानेश्वरस्थित एभरेष्ट हस्पिटलमा उपचार भइरहेको बताए । उनले ओली सरकार अधिनायकवाद तर्फ उन्मुख भइरहेको आरोप लगाउँदै नेविसंघले त्यसको कडा प्रतिवाद गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस