१२ महासेनानीको सहायकरथीमा बढुवा सिफारीस « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

१२ महासेनानीको सहायकरथीमा बढुवा सिफारीस


३२ असार २०७५, सोमबार


नेपाली सेना

काठमाडौं । सेनाको बढुवा समितिले गरेको महासेनानीको बढुवा सिफारीस प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सदर गरेका छन् ।

बढुवाका लागि एक नम्बरमा महासेनानी हिमांशु खड्काको नाम सिफारीस भएको छ ।

त्यसैगरी सुरेश कुमार बानिया, प्रदिपजंग केसी, निरज पौडेल, पंकज कार्की, प्रयोग राणा, योगराज शर्मा, राम राणा, लव कुमार रायमाझी, अर्जुन श्रेष्ठ बढुवाका लागि सिफारीस भएका छन् ।

प्राविधिक सहायकरथीमा डा. राजिवराज शाही, डा.उदय बज्र बज्राचार्य र प्राविधिक महासेनानीमा डा.नम्रता महरा बढुवा सिफारीस भएकी छन् ।

प्रतिक्रिया दिनुहोस