दुई लाख ८० हजार घुसससहित शिक्षा इकाई प्रमुख पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

दुई लाख ८० हजार घुसससहित शिक्षा इकाई प्रमुख पक्राउ


३२ असार २०७५, सोमबार


अख्तियार

काठमाडौं । दुई लाख ८० हजार घुस लिने कपिलवस्तुका जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख सुरेन्द्र पराजुली पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले उनलाई घुस रकम सहित पक्राउ गरेको हो । कर्मचारीको तलब निकासामा ढिलाइ गरी घुस मागेको सूचनाको आधारमा अख्तियारले उनीलाई पक्राउ गरिएको जनाएको छ ।

उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस