विश्वकप उपाधि फ्रान्सलाई « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विश्वकप उपाधि फ्रान्सलाई


प्रशासन विशेष ब्युरो

३२ असार २०७५, सोमबार


मस्को । फ्रान्सले दोस्रो पटक विश्वकप फुटवलको उपाधि जितेको छ ।

क्रोएसियालाई फाइनलमा ४–२ को अन्तरले पराजित गर्दै फ्रान्सले दोस्रो पटक विश्वकप उपाधि जितेको हो ।

खेलको १८ औं मिनेटमा क्रोएसियाका मारियो मान्जुकिचले आत्मघाती गोल गरेपछि फ्रान्सले सुरुआती अग्रता लियो।

इभान पेरिसिचले खेल बराबरीमा ल्याएपनि २८ औं मिनेटमा उनकै ह्यान्ड बल भएपछि फ्रान्सले पेनाल्टीमा बराबरी गोल गर्‍यो ।

फ्रान्सको जितमा एन्टोइन ग्रिज्मन, किलियन एम्बाप्पे र पउल पोग्बाले १–१ गोल गरे। मान्जुकिचले गोलरक्षकको उठाउँदै गोल गरेपनि खेलमा फर्कन पर्याप्त रहेन।

६५ औँ मिनेटमा १९ वर्षीय स्ट्राइकर एम्बाप्पेले उत्कृष्ट गोल गर्दै अग्रता ४–१ मा पु¥याए । मारियो मान्जुकिजले खेलको ६९ औँ मिनेटमा गोल गरे। फ्रान्सका किपर ह्युगो लोरिसले डी एरियाबाट बल क्लियर गर्न खोज्दा पुगेका मान्जुकिजल सीधै जाली चुमाए ।

सन् १९९८ मा फ्रान्सले विश्वकप जितेको फ्रान्सको यो दोस्रो उपाधि हो ।

 

प्रतिक्रिया दिनुहोस