ज्यानमारा टिपरको ज्यादती कायमै,टिपरको ठक्करबाट एकको मृत्यु « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

ज्यानमारा टिपरको ज्यादती कायमै,टिपरको ठक्करबाट एकको मृत्यु


प्रशासन विशेष ब्युरो

३० असार २०७५, शनिबार


काठमाडौं । उपत्यकामा बिहान पाँच बजेदेखि राति आठ बजेसम्म टिपर चलाउन रोक लगाएको एक साता नबित्दै शनिबार फेरि एक टिपरले एक जनाको ज्यान लिएको छ।

राजधानीको सोल्टीमोडमा ना ७ ख ९४७५ नम्बरको टिपरले बा ९६ प ४९११ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा पछाडि सवार १८ वर्षीया अनुजा घिमिरेको मृत्यु भएको छ ।

प्रहरीका अनुशार मोटरसाइकल चालक अनुजाका दाजु अनुज सामान्य घााइते भएका छन्। घाइते अनुजाको बल्खुस्थित बयोधा हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए ।

चापागाउँबाट धादिङ नौविसेमा सिमेन्ट फ्याक्ट्रीका लागि ढुंगा बोकेको टिपरले सोल्टीमोडमा अपरान्ह साढे एक बजे ठक्कर दिएको थियो। प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस