गजल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गजल


३० असार २०७५, शनिबार


आफूलाई चिनेदेखी भएकोथ्यो अमिलो मन ।।
आएर बाढी दुनिया संगै भएथ्यो धमिलो मन ।।

निराश भैइ हिड्नु हुन्नु भन्ने लाग्यो मलाई अब ।
सके जति बढिरहेकोछु अघि बनाई दरिलो मन ।।

जबदेखी भत्केको मर्मत गर्न प्रयास गरे आफै ।
हटेर नैराश्यता हुन छोड्यो झन्झटिलो मन ।।

कतै होस्टेमा हैंसे कतै सक्दो प्रतिवाद जारी छ ।
अनि बर्षिरहेछ खुशी र भैरहेकोछ रसिलो मन ।।

सिकाउदो परिवेश नै रहेछ यो मानिसलाई ।
बनाउन आफै अति कुरुप वा गहकिलो मन ।।

प्रतिक्रिया दिनुहोस