केसीका माग चिकित्सा आयोगबाट सम्बोधन गरिने : मन्त्री पोखरेल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

केसीका माग चिकित्सा आयोगबाट सम्बोधन गरिने : मन्त्री पोखरेल


२९ असार २०७५, शुक्रबार


काठमाडौं । नेपाल पत्रकार महासंघमा आज आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले डा. गोविन्द केसीका माग  चिकित्सा आयोगबाट सम्बोधन गरिने बताए  ।

 डा. गोविन्द केसीका मागका सम्बन्धमा संसद्मा दर्ता भएको चिकित्सा शिक्षा विधेयकमा उल्लेखित चिकित्सा आयोगबाट सम्बोधन गरिने भएकाले उनलाई काठमाडौंमा ल्याएर वार्ता गर्ने तयारी भइरहेको समेत जानकारी गराए ।

डा. केसीको स्वास्थ्य अवस्थाबारे सरकार चिन्तित रहेकाले उनलाई काठमाडौं ल्याउनका लागि टोली पठाउन लागिएको छ भन्दै उनले स्वास्थ्य संस्थाजस्तो संवेदनशील निकाय नै बन्द गरेर आन्दोलनमा उत्रिनु जायज नभएको बताए ।

प्रतिक्रिया दिनुहोस