२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपचार सेवाप्रति विश्वस्त छैनन् बिरामी

अ+ अ-

चितवन । उपचारका लागि सुविधा सम्पन्न अस्पताल, दक्ष जनशक्ति भएर पनि जिल्लाका बासिन्दा यहाँको उपचारमा विश्वस्त्  हुन नसकेको पाइएको छ ।

मेडिकल सिटिका रुपमा भरतपुरलाई चिनाउन चाहे पनि २५ प्रतिशत हाराहारी जिल्लावासीले उपचारको गन्तव्य जिल्ला बाहिर बनाउने गरेका छन् ।

सुविधा सम्पन्न एउटा क्यान्सर अस्पताल, दुई ठूला मेडिकल कलेज, एक केन्द्रीयस्तरको सरकारी अस्पताल, एउटा आँखा अस्पताल र १८ वटा १५ श्ययाभन्दा माथिका निजी अस्पताल भरतपुर महानगरपालिकामा छन् ।

त्यसैगरी उत्कृष्ट सुविधा दिने उद्देश्यले खोलिएका रेडियोलोजी र प्याथोलोजी पनि सञ्चालनमा रहेपनि जिल्लाका बिरामी पूर्णरुपमा सन्तुष्ट भएको पाइँदैन । दैनिक ५० भन्दाबढी एम्बुलेन्स बिरामी बोकेर काठमाडौं जाने गर्दछन् भने चार्टर हेलिकोप्टर, जहाज, निजी सवारी साधन र सार्वजनिक बसबाट पनि बिरामी काठमाडौँ जाने गरेको पाइन्छ ।

चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक प्रा. डा. हरिशचन्द्र न्यौपाने जिल्लामा उपचार हुन नसकेरभन्दा पनि अन्य विभिन्न कारणले काठमाडौं बिरामी जाने गरेको बताउँछन् । काठमाडौंका ठूला भनिएका अस्पतालले यहाँका केही चिकित्सकलाई प्रलोभनमा पारेर बिरामी झिकाउने, हेलिकप्टर कंपनीले कमिसन दिएर दलाल परिचालन गरी बिरामी पठाउने, एम्बुलेन्स चालकको क्षेत्रमा कमिसनको चलखेलका कारण बिरामी काठमाडौं जान चाहने गरेको उनको भनाइ छ ।

नजिकको तीर्थ हेला भएर पनि बिरामी काठमाडौं जाने गरेको होला भन्दै प्रबन्ध निर्देशक न्यौपाने चिकित्सकले समय दिएर बिरामीलाई उचित परामर्श दिन नसक्दा र कतिपयले रोग लुकाउन चाहेर पनि बिरामी बाहिर जाने गरेको हो भन्छन् । चितवन मेडिकल कलेजमा मात्र डिएम र एमसिएच (विशिष्ट विशेषज्ञता) गरेका १६ जना र जिल्लामा यो संख्या ४० जनाको हाराहारीमा छन् ।

जिल्लामा अंग प्रत्यारोपणवाहेक काठमाडौंमा हुने सबै उत्कृट सेवा यहाँ दिन सकिन्छ तर यहाँकोभन्दा काठमाडौंमा १० गुणासम्म महँगो हुने उनको भनाइ छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का उपाध्यक्ष डा. भोजराज अधिकारी गत वर्ष गरिएको सर्वेक्षणमा एकै दिन ६९ वटा एम्बुलेन्सले जिल्लाबाट बिरामी लिएर काठमाडौं गएको जानकारी दिन्छन् । बिरामी काठमाडौं जानुका कारण यहाँका जनताले विगतमा जस्तै यहाँ कमजोर सेवा रहेको ठान्नु, जिल्लामा कहिलेकाहीँ हुने उपचारको समस्यालाई लिएर सधैँ त्यस्तै हुन्छ भन्ने भान पर्नु, जिल्लामा रोग पहिचान भए पनि उपचार गर्ने अन्तिम इच्छा काठमाडौं राख्नु पनि बिरामीको रोजाइ बाहिर हुने गरेको उनी बताउँछन् ।

अंग प्रत्यारोपण र गम्भीर टाउकाको उपचारबाहेक सबै उपचार जिल्लामा हुने दाबी गर्दै उपाध्यक्ष डा. अधिकारी एउटा चिकित्सक एउटै अस्पतालमा मात्र सीमित नहुनु र चिकित्सकले पनि बिरामीलाई राम्रोसँग रोगका बारेमा बुझाउन नसक्दा पनि बिरामी बाहिरिने गरेकामा जोड दिन्छन् । जिल्लामा उपचार सेवालाई विशिष्टिकरण गर्दै जनतालाई अहिलेको सेवाका बारेमा बुझाउनसकेमा बिरामीको रोजाइ जिल्ला नै हुने र सबै खालका रोग जिल्लामा नै पहिलो पटक भित्रिने गरेकाले अनुसन्धानात्मक प्रयोगशाला पनि यहाँ अवश्यक रहेको उनको भनाइ छ ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्य र भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रविन खड्का जतिसुकैस्तरीय सेवा यहाँ भए पनि मानिसमा उपचारका लागि यहाँभन्दा अन्यत्र राम्रो छ भन्ने भ्रम रहेको बताउँछन् । निको नहुने रोग देखिएकाले पनि एकपटक काठमाडौंमा परीक्षण गर्न पाए हुन्थ्यो भन्ने भावना राख्ने गरेको पाइएको उनीहरूकोे भनाइ छ

निजी अस्पताल जिल्ला समन्वय समितिका सचिव विक्रम अधिकारी यहाँ उच्चस्तरको उपचार भए पनि बिरामीमा विश्वासको संकटले गर्दा बाहिरका यहाँ आउने तर यहाँका काठमाडौं जाने र काठमाडौंका विदेश जाने गरेका र केही हुने खानेले रोग यहाँ पहिचान गराउने तर उपचार भने बाहिर गरउने गरेको बताउँछन्।

यहाँका मेडिकल कलेजले विशिष्ट विशेषज्ञ सेवा उपलब्ध गराए पनि कार्डीयोलोजी भास्कुलर एण्ड थोरासिस सर्जरीजस्ता क्याथल्याबको सेवा जिल्लामा नहुँदा पनि बिरामी बाहिरिने गरेको बताइन्छ । तर जिल्लामा छिमेकी जिल्लाबाट ठूलो संख्यामा बिरामी आउने गर्दछन् । रासस

प्रतिक्रिया दिनुहोस