२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भक्तपुरमा खानेपानीका ८९ प्रतिशत मुहान प्रदूषित

अ+ अ-

भक्तपुर । भक्तपुरका झण्डै ८९ प्रतिशत खानेपानीका मुहानमा दिसामा पाइने कोलिफर्म भेटिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यालय प्रमुख कृष्णबहादुर चन्दले जिल्लाका अधिकांश मुहान प्रदूषित रहेको जानकारी दिए । उनका अनुसार कार्यालयले केही दिनअघि जिल्लाभरका १८ खानेपानी मुहानको पानी परीक्षण गरेको थियो । तीमध्ये १६ मुहानको पानी प्रदूषित छन्, जुन कुल मुहानको ८८.८९ प्रतिशत हो । जिल्लावासी महामारीजन्य रोगको प्रकोपको उच्च जोखिममा रहेको उनले बताए ।

उनका अनुसार सूर्यविनायक नगरपालिका–६ कटुञ्जेस्थित तीनधारा र चाँगुनारायण नपा–६ नगरकोटस्थित स्वास्थ्यचौकी मूलको पानीमात्रै खानयोग्य पाइएको छ ।

भक्तपुर र मध्यपुरथिमि नगरका बासिन्दाले प्रयोग गर्दै आएको खानेपानीको मुहानसमेत प्रदूषित छ । यहाँका बासिन्दाले नगरकोटस्थित मुहानपोखरी र बोडेको पानी प्रयोग गर्दै आइरहेका छन् ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले वितरण गर्दै आएको खानेपानीमध्ये नगरकोटस्थित मुहानपोखरीमा फिल्टर प्लान्ट नै छैन भने बोडेमा वर्षौंदेखि फिल्टर प्लान्ट बिग्रिएको छ ।

प्रमुख चन्दले भक्तपुर सरुवा रोगको महामारीको उच्च जोखिममा रहेकाले कार्यालयले विपद् व्यवस्थापनको अग्रिम तयारी गरेको बताए । उनका अनुसार कार्यालयले विपद् व्यवस्थापनका लागि चिकित्सा अधिकृतसहित चिकित्सक, प्रयोगशाला र औषधिसहितको जनशक्तिलाई तयारी अवस्थामा राखेको छ । उनले भने, ‘जिल्लाका चार वटै नगरपालिकादेखि समुदायस्तरसम्म स्वास्थ्य तथा स्वयंसेवक टोलीलाई तालिम दिएर तयारी अवस्थामा राखेका छौं, आवश्यक औषधिको भण्डारण गरेका छौं ।’ वर्षायाम सुरु भएसँगै खानेपानीबाट सर्ने हैजा, डेंगु, स्क्रब टाइफस, झाडापखाला, एन्फ्लुएञ्जा, कालाज्वरलगायत रोगको महामारी फैलिनसक्ने भएकाले पानी उमालेर वा शुद्धीकरण गरेर मात्रै पानी खान उनले आग्रह गरे ।