उपत्यकामा दिउँसो टिपर चलाउन प्रतिबन्ध « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

उपत्यकामा दिउँसो टिपर चलाउन प्रतिबन्ध


प्रशासन विशेष ब्युरो

२७ असार २०७५, बुधबार


काठमाडौँ । उपत्यकाका ३ वटै जिल्लामा दिउँसो ट्रिपर चलाउन नपाइने भएको छ ।

ट्रिपरको ठक्करबाट मृत्युका घटना बढेपछि गृह मन्त्रालयले दिउँसोको समयमा काठमाडौं उपत्यकाका तीनै जिल्लामा ट्रिपर चलाउन प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

राति आठ बजेदेखि बिहान ५ बजेसम्म मात्रै टिपर चलाउने व्यवस्था गर्न उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र महानगरीय प्रहरी ट्राफिक महाशाखालाई निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ ।

सरकारको उक्त निर्णयसँगै ट्रिपरका कारण हुने दुर्घटनामा कमि आउने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस