मध्यपहाडी लोकमार्गमा जीप दुर्घटना एकको मृत्यु, नौ घाइते « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मध्यपहाडी लोकमार्गमा जीप दुर्घटना एकको मृत्यु, नौ घाइते


२६ असार २०७५, मंगलबार


बस दुर्घटना

पाँचथर । पाँचथरको याङ्वरक गाउँपालिका–३ स्थित चैतेभिरबाट आज बिहान जीप खस्दा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।

सो घटनामा च्याङ्थापुका ३५ वर्षीय कैलाश अधिकारीको मृतुभएको र जीपमा सबार अन्य नौजना घाइते भएका छन् ।

स्थानीय प्रहरीका अनुसार याङ्वरक गाउँपालिकादेखि सदरमुकाम फिदिमतर्फ आउँदै गरेको मे१ज २०५१ नं.को जीप बिहान ८ बजे याङ्वरक–३, चैतेभिरबाट खसेको थियो ।

मध्यपहाडी लोकमार्गअन्तर्गतको कच्ची सडकको चिप्लो बाटोमा जीप चिप्लिएर २५० मिटर तल खसेको बताइएको छ । दुर्घटनाबाट परेका नौमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइतेलाई उद्धार गरी जिल्ला अस्पताल पाँचथर ल्याउने काम भइरहेको बताइएको छ । जीपमा १० जना सवार थिए । रासस

प्रतिक्रिया दिनुहोस