२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ऐतिहासिक बाउन्न ढोकाको संरक्षण

अ+ अ-

कञ्चनपुर । भारतसँगको मुख्य कारोवार हुने प्राचीन भीमदत्त नगरपालिका–९ टुँडिखेलको ऐतिहासिक ब्रह्मदेवमण्डी (५२ ढोका) तारबार गरी संरक्षण गरिएको छ ।

भीमदत्त नगरपालिकाले पुरातात्विक महत्वको मण्डीको संरक्षण गरी प्रचारप्रसारका लागि संरक्षणको कार्यक्रम अगाडि बढाएको छ । सोअनुरुप स्थानीयवासीले मण्डीको जग्गा कब्जा गर्नसक्ने भएकाले संरक्षणका कार्यक्रम अघि सारेका छन् ।

स्थानीयवासी देवेन्द्र कलौनीले भन्नुभयो, “यो मण्डी पुरानो हो, अहिले जीर्ण भएको छ, यसका भग्नावेशष मात्र छन्, यसलाई संरक्षण गर्न सके नयाँ पुस्ताले पनि यसबारे जानकारी पाउँछन् ।” पुरातात्विक महत्वको ब्रह्मदेव मण्डीको भग्नावेशको संरक्षण गर्न र ऐतिहासिक महत्वको क्षेत्रको जग्गा जोगाउनका लागि तारबार गरिएको छ ।

प्राचीन ऐतिहासिक ब्रह्मदेव मण्डीको संरक्षण गरी पर्यटक पु¥याउनका लागि ब्रह्मदेवदेखि कौवानीसम्म सडक निर्माणलाई प्राथमिकता दिइएको नगरपालिकाक प्रमुख सुरेन्द्र विष्टले बताए । अहिले टुँडिखेलसम्म यातायात सेवा पुगेको छ । चालू आवमा कौवानीसम्म गाडी पुगाउने लक्ष्यका साथ सडक निर्माण अघि बढेको छ ।

ब्रह्मदेवदेखि कौवानीसम्म महाकाली नदीमा साहसिक जलयात्रा सञ्चालनका लागि समेत सम्भाव्यता अध्ययन गरिएको छ । महाकाली नदी किनारको सो बजार प्रदेश ७ को सबैभन्दा पुरानो हो । महाकाली नदी तटीय क्षेत्रमा रहेको हाल खण्डहरमा परिणत भएको बजारबाट प्रदेश नं ७ मा नून, तेल, लत्ताकपडा, विभिन्न प्रकारका कृषि औजार र धातुको कारोवार हुने गथ्र्यो ।

पहाडी क्षेत्रमा गाडी सञ्चालन नहुँदासम्म प्रदेश ७ का सबै पहाडी जिल्लामा मण्डीबाट समान आपूर्ति हुने गरेको थियो । यसै बजारमा कालोबजारी गर्ने व्यापारीको सामान किसान नेता भीमदत्त पन्तले कब्जा गरी सर्वसाधारणलाई वितरण गरेका थिए । पन्तले सशस्त्र विद्रोहका क्रममा अहिलेका खल्ला, टुँडिखेल र मुसेट्टीलाई आधार इलाका बनाएका थिए । त्यही बेलामा उनले ब्रह्मदेव मण्डीबाट नून, तेल, कपडालगायत सामान कब्जामा लिएर गरीब किसानलाई वितरण गरेका थिए । त्यस बेला महाकालीमा डुंगा सञ्चालन गरी भारतको टनकपुरलगायत क्षेत्रबाट सामान आपूर्ति हुने गथ्र्यो । रासस

प्रतिक्रिया दिनुहोस