२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीपहिरोको जोखिम रोक्न उच्च सतर्कता

अ+ अ-

चितवन । बाढी र पहिरोबाट हुने विपद् जोखिम न्यूनीकरणका लागि चितवनमा उच्च सतर्कता अपनाइएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति तथा जिल्ला सुरक्षा समितिले वर्षायाम शुरु भएसँगै सम्भावित जोखिम क्षेत्रमा विपद् जोखिम न्यूनीकरणका लागि उच्च सतर्कताका साथ कार्यक्रम शुरु गरेको जनाएको छ ।

समितिका संयोजक प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार जिल्लाको उच्च जोखिम क्षेत्रलाई तीनवटा क्लस्टरमा विभाजन गरी सुरक्षा सतर्कता बढाइएको हो ।

मुख्यगरी नारायणी नदी आसपासको पश्चिम क्षेत्र, राप्ती नदी आसपासको पूर्वी क्षेत्र र माडी क्षेत्र गरी जिल्लाको जोखिम क्षेत्रलाई तीन क्लस्टरमा विभाजन गरी विपद् जोखिम न्यूनीकरणका काम थालिएको हो ।

आ–आफ्नो क्षेत्रमा रहेका सशस्त्र प्रहरी, जनपद प्रहरी, नेपाली सेना र विपद् व्यवस्थापन तालीम केन्द्र कुरिनटारका टोलीलाई जिम्मेवारीसमेत तोकिएको छ ।

नारायणी आसपासको पश्चिम क्षेत्रका लागि जिल्ला प्रहरी कार्यालय र सो मातहतका प्रहरी, सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय, कालीबहादुर गण, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालीम केन्द्रलाई जिम्मेवारी तोकिएको छ । यसमा भरतपुर महानगरपालिका र जिल्ला विपद् व्यवस्थापनको समन्वय रहने जनाइएको छ ।

यस्तै, दोस्रो क्लस्टरअन्तर्गत राप्ती नदी आसपासको पूर्वी क्षेत्रको सुरक्षा तथा उद्धारका लागि विपद् व्यवस्थापन गण रसौली, गढीमाई गण भण्डारा, प्रहरीको मातहतका कार्यालयलाई जिम्मेवारी तोकिएको छ । उक्त क्लस्टरमा जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तहको समन्वय रहनेछ ।

यस्तै, तेस्रो क्लस्टरअन्तर्गत माडी क्षेत्रका लागि निकुञ्जको कसरा ब्यारेक, प्रहरी मातहतका कार्यालय, सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालयलाई जिम्मेवारी तोकिएको प्रजिअ बस्नेतले बताउनुभयो । सो क्षेत्रमा जिल्ला विपद् व्यवस्थापन समिति र माडी नगरपालिकाले समन्वय गर्नेछ ।

साथै, समितिले उद्धारका लागि आवश्यक पर्ने रबर बोट, ट्यूब, लाइफ ज्याकेट, डोरी, एस्काभेटर लोडर, टिपरजस्ता अत्यावश्यक सामग्री तथा खाद्य सामग्री आवश्यक मात्रामा संकलन गर्नसमेत हरेक क्लस्टरलाई निर्देशन दिइएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

यता मुग्लिन क्षेत्रमा पहिरोबाट हुने जोखिम न्यूनीकरण गर्न सो क्षेत्रमा नियमित प्रहरी परिचालन गरिएको र नारायणगढ–मुग्लिन सडक आयोजनासँगको सहकार्यमा लोडर, डोजर, एस्काभेटर सबै तयारी अवस्थामा राखिएको चितवनका ट्राफिक प्रमुख बेदप्रसाद गौतमले बताए। रासस