२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सडक निर्माणले पर्यटकीय क्षेत्र झिलमिला तालसम्मको यात्रा सहज हुँदै

अ+ अ-

कञ्चनपुर । सडक निर्माण हुन थालेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–९ को चुरे क्षेत्रमा पर्ने धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिने झिलमिला तालसम्मको यात्रा सहज हुने भएको छ ।

नगरपालिकाको मटेनादेखि सुगरखालीसम्म कालोपत्रे सडक निर्माणको कार्य अघि बढेको छ । सघन शहरी विकास कार्यक्रमअन्तर्गत शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनगढीले मटेनादेखि सुगरखालीसम्मको पाँच किलोमिटर सडक निर्माण कार्य ठेक्काबाट गराउन लागेको छ ।

भागेश्वर कन्स्ट्रक्सनले १८ महिनामा निर्माण कार्य पूरा गर्ने गरी सात करोडमा ठेक्का सम्झौता गरेको छ । सडकको ट्रयाक खोल्ने कार्य सकिएको छ ।

झिलमिला ताललाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने लक्ष्य राखेर शुरु गरिएको सडक निर्माण कार्यलाई ताराकोटसम्म पु¥याइने भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बताए । उनले भभने, “यो क्षेत्र धार्मिक र पर्यटकीय हिसाबले निकै महत्वपूर्ण छ, सडक निर्माणले यो क्षेत्रको पर्यटकीय विकास हुन्छ, अहिले सहरी विकास कार्यक्रमअन्तर्गत सुगरखालीसम्म पाँच किलोमिटर पक्की हुन्छ, त्यसपछि दोस्रो चरणमा ताराकोटसम्म सडक कालोपत्रे गर्छौं ।”

मटेला झिलमिला सडकको ताराकोटसम्म गाडीबाट पुग्न सकिने र ताराकोटबाट तालसम्म पुग्न नौ सिँढी बनाइने छन् । ताराकोटबाट तालसम्मको दूरी झण्डै ९०० मिटर छ ।

दैनिक तीन पटक रंग फेरिने तालको पानी, वर्षौंदेखि एकै आकारका माछा र जंगलको बीचमा भएर पनि एउटा पात पनि तालमा नदेखिनुको तालका विशेषता हुन् । तालको विशिष्ट विशेषता नियाल्नका लागि पर्यटक यहाँसम्म पुग्ने गरेका छन् ।

वि.सं. २०५७ मा तत्कालीन जिल्ला विकास समितिले झिलमिला तालसम्म सडक खनेकोे थियो । सशस्त्र द्वन्द्वका कारण सवारीसाधन सञ्चालन हुन नसकेपछि प्रयोगमा नआएर पुरिएको थियो ।

भीमदत्त नगरपालिका–९ का अध्यक्ष राम नाथले झिलमिला सडकले झिलमिलाको धार्मिक पर्यटन विकास हुने र यसबाट मटेनासहित जिल्लालाई फाइदा हुने बताए । रासस

प्रतिक्रिया दिनुहोस