विकाश र समृद्धिका लागि जगबाटै सुधार गर्नुपर्छ : प्रधानमन्त्री ओली « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

विकाश र समृद्धिका लागि जगबाटै सुधार गर्नुपर्छ : प्रधानमन्त्री ओली


२३ असार २०७५, शनिबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकाश र समृद्धिका लागि जगबाटै सुधार गर्नुपर्ने बताए ।

प्रदेश नं २ का साँसदहरुसँग आज बालुवाटारमा भेटघाट गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् । प्रदेश नं २ का नेकपाका साँसदहरुले त्यहाँको विकास, समृद्धि, शिक्षा, स्वास्थ्य, सामाजिक सुधार आदि जस्ता क्षेत्रमा उठाएका समस्याको बारेमा आफ्नो धारणा राख्दै प्रधानमन्त्री ओलीले प्रदेश नं २ को स्वरुप फेर्नका लागि यहाँका साँसदहरु नै लाग्नु पर्ने बताए ।

उनले महिला हिंसा भएका ठाउँमा जनप्रतिनिधीहरुले मिलापत्र गराउन खोज्नु बेठिक भएको बताए । “यस किसिमका हिंसा मिलापत्रमा टुंगिदैनन् । यस्तो मुद्धामा मिलापत्र गराउन खोज्नेलाई पनि कारबाही हुन्छ” प्रधानमन्त्री ओलीले भने ।

शक्ति पृथकिकरणको सिद्धान्त अनुसार सबै अंग जिम्मेवार हुन् र आफनो आफनो क्षेत्राधिकारमा सिमति हुनुपर्छ र सबै अंगको मर्यादा हुन्छ उनले भने ।

प्रतिक्रिया दिनुहोस