२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मल कालोबजारी गर्नेलाई कारबाही

अ+ अ-

दाङ । कृषि सामग्री संस्थानको मल कालोबजारी गरेर बेच्ने फूलबारी कृषि सहकारी संस्थाका सदस्य कर्णबहादुर नेपालीलाई संस्थाले साधारण सदस्यसमेत नरहने गरी निस्काशन गरेको छ ।

नेपालीलाई बुधबार संस्थाको बैठकले साधारण सदस्य समेत नरहने गरी निस्काशन गरेको छ । साथै, किसानलाई तोकिएको भन्दा बढी मूल्यमा मल बिक्री गरेको भन्दै सहकारी संस्थाका अध्यक्ष हरिहर पौडेलले बढी लगेको रकमसमेत फिर्ता गर्न लगाएका हुन् । नेपालीले युरियामा २०० र डिएपीमा ५० भन्दा बढी रकम लिएर मल बिक्री गरेका थिए ।

उनले किसानबाट चर्को रकम लिएको बारेमा केही दिन अगाडि रासससहित यहाँका विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि सहकारी संस्थाले नेपालीलाई कारबाही गरेर पीडित ८८ जना किसानलाई रकम फिर्ता गरेको हो ।

किसानले रकम फिर्ता भएपछि खुशी व्यक्त गर्दै सहकारी संस्थाका नाममा ठगी गर्नेलाई कारबाहीसमेत हुनुपर्ने बताएका थिए । रकम फिर्ता कार्यक्रममा वडाध्यक्ष डम्बर न्यौपाने, युवा समाजसेवी मोहन पौडेल, नेकपाका हुमबहादुर नेपालीलगायतको सहभागिता रहेको थियो । रासस

प्रतिक्रिया दिनुहोस