तिलोत्तमा नगर प्रमुखले पाँच वर्षको पुरै पारिश्रमिक विद्यार्थीलाई दिने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

तिलोत्तमा नगर प्रमुखले पाँच वर्षको पुरै पारिश्रमिक विद्यार्थीलाई दिने


२० असार २०७५, बुधबार


काठमाडौं । रूपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले पाँँच वर्षसम्मको आफ्नो पारिश्रमिक विद्यार्थीलाई दिने भएका छन् । उनले आफुले पाँच वर्षमा पाउने २१ लाख रुपैयाँ पारिश्रमिक सामुदायीक विद्यार्थीलाई दिने घोषणा गरेका हुन् ।

मंगलबार सकिएको नगरसभामा उनले वार्षिक ४ लाख २० हजार रूपैयाँ नगरपालिकाभित्रका ४४ सामुदायिक विद्यालयका एक/एक जना विद्यार्थीलाई दिने बताए ।

प्रत्येक विद्यालयबाट सिफारिस हुने जेहेन्दार, गरिब तथा विपन्न वर्गका विद्यार्थीलाई रकम दिइने उनले बताए । जनप्रतिनिध सेवा गर्न आएको बताउँदै उनले उक्त निर्णय गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस