गुण्डागर्दी गर्ने एकजना पक्राउ « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

गुण्डागर्दी गर्ने एकजना पक्राउ


२० असार २०७५, बुधबार


काठमाडौं । प्रहरीले गुण्डागर्दी गर्दै हिँड्ने एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले डरत्रास देखाई रकम असुल्दै हिँड्ने विमल लुङ्गेलीमगरलाई मंगलबार पक्राउ गरेको हो ।

परिसरका डिएसपी मोहन थापाका अनुसार लुङ्गेलीमगरले ठमेल, दरबारमार्गलगायतका क्षेत्रका होटल, रेष्टुराँ, डिस्कोका सञ्चालकलाई धम्क्याउँदै आएका थिए । पक्राउ परेका मगरलाई सार्वजनिक मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस