कर्णालीमा हवाई उडान बन्द हुँदा यात्रु अलपत्र « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कर्णालीमा हवाई उडान बन्द हुँदा यात्रु अलपत्र


प्रशासन विशेष ब्युरो

१९ असार २०७५, मंगलबार


बाँके । निरन्तरको भारी वर्षाका कारण नेपालगञ्जबाट कर्णालीका पहाडी जिल्लाका लागि हुने हवाई उडान सेवा ठप्प भएको छ ।

आइतबार साँझदेखि शुरु भएको वर्षाले नेपालगञ्जबाट कर्णाली क्षेत्रअन्तर्गतका जिल्लामा हुने सबै हवाई उडान सोमबारदेखि बन्द रहेको नागरिक उड्डयन कार्यालय, नेपालगञ्जले जनाएको छ ।

नागरिक उड्डयन कार्यालय, नेपालगञ्जका सूचना अधिकारी कृष्ण गौतमका अनुशार नेपालगञ्जबाट जुम्ला, हुम्ला, डोल्पा र मुगुमा दैनिक उडान हुने गरेका छन् ।

हुम्लाका लागि उडान नहुँदा ५०० भन्दा बढी भारतीय तीर्थयात्री यहाँका विभिन्न होटलमा अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस