विद्यालय बन्द गराउने जो कोहीलाई पनि कारवाही गर्ने चेतावनी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विद्यालय बन्द गराउने जो कोहीलाई पनि कारवाही गर्ने चेतावनी


प्रशासन विशेष ब्युरो

१८ असार २०७५, सोमबार


काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालय बन्द गराउने जो कोहीलाई पनि कारवाही गर्ने चेतावनी दिएको छ ।

आइतबार साँझ एक विज्ञप्ती जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले शान्ति सुरक्षा आवश्यक परेमा जिल्ला प्रशासन कार्यालयको सम्पर्क नं. ०१ ४२६२४७८, ९८५१२४८४४७, प्रहरी कन्ट्रोल १०० वा महानगरीय परिसर काठमाडौंको मोबाइल नम्बर ९८५१२०५५५५मा सम्पर्क राख्न पनि आग्रह गरेको छ ।

विप्लव नेतृत्वको अखिल क्रान्तिकारीसहितका विद्यार्थी संगठनहरुले यही असार २०, २१ र २२ गते विद्यालय बन्द आह्वान गर्दै विज्ञप्ति सम्बन्धमा ध्यानाकर्षण भएको भन्दै शान्ति सुरक्षा सदृढ भएकाले डर नमानिकन पठनपाठन सञ्चालन गर्न आग्रह गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जारी विज्ञप्तिमा ‘विद्यालयको पठनपाठन बन्द गराउने जो कोहीलाई पनि प्रचलित कानुन अनुसार कारवाही गरिने’ उल्लेख छ

विज्ञप्तिमा भनिएको छ, ‘जिल्लाको शान्ति सुरक्षा सदृढ भएको वर्तमान अवस्थामा विना भय र त्रासका साथ विद्यालय तथा पठनपाठन क्रियाकलाप सन्चालन गर्न गराउन हुन सम्पूर्ण विद्यालय सञ्चालक, व्यवस्थापक, विद्यार्थी, अभिभावक एवं सरोकारवाला सबैमा जिल्ला प्रशासन कार्यालय हार्दिक अनुरोध गर्दछ ।’

शान्ति सुरक्षा सम्बन्धी कुनै जानकारी वा सहयोग आवश्यक परेमा नजिकको सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, प्रहरी कन्ट्रोल वा महानगरीय प्रहरी परिसरमा सम्पर्क गर्न पनि प्रशासनले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस