अवैध सुनसहित वीरगञ्जबाट एक जना पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अवैध सुनसहित वीरगञ्जबाट एक जना पक्राउ


१५ असार २०७५, शुक्रबार


pakrau

वीरगञ्ज । वीरगञ्ज प्रहरीले एक किलो अवैध सुन सहित एकजनालाई पक्राउ गरेको छ । प्रहीले सर्लाहीको हरिपुर नगरपालिका- ९ का सन्तोषकुमार साहलाई पक्राउ गरेको छ ।

एक किलो अवैध सुन भारततिर लग्दै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको वीरगञ्ज प्रहरीले जनाएको छ । पक्राउ गरिएका साहमाथि अनुसन्धान भैरहेको इनर्वा प्रहरी चौकीले जनाएको छ । उनलाई पूर्व सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ना४८प ३७७४ नम्बरको मोटरसाइकलको सिटमुनी रहेको एयर फिल्टरमा ६ टुक्रा सुनलाई कालो टेपले बेरेर लुकाइएको अवस्थामा सुन फेला परेको थियो ।

पत्रकार सम्मेलन गरेर थप जानकारी दिने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस