२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उद्योगलाई प्रधान मानौँ, सरकार हातेमालो गर्न तयार छ : मन्त्री यादव

अ+ अ-

भीमदत्तनगर । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्योग सञ्चालनमा जोड दिन उद्योग/व्यवसायीलाई आग्रह गरेका छन् ।

आज कञ्चनपुरको भीमदत्तनगरमा कञ्चनपुर उद्योग वाणिज्य संघको २९औँ वार्षिक साधारणसभामा उद्योगमन्त्री यादवले उद्योगलाई प्रधान र व्यापारलाई सहायक बनाउन आग्रह गरे। “उद्योगलाई प्रधान र व्यापारलाई सहायक बनाएर आउनूस् सरकार हातेमालो गरेर जान तयार छ”, मन्त्री यादवले भने, “अब उत्पादनलाई जोड दिनुपर्ने बेला आएको छ ।”

हरेक प्रदेशमा सरकार उद्योग स्थापना गर्न अघि बढिरेहको बताउँदै उनले पर्याप्त उद्योग सञ्चालनमा आए युवाले स्वदेशमै रोजगारी पाउने धारणा राखे । “कृषि प्रधान देश भन्छौँ रोजगारी गर्न भारत र भारतबाट चामल आयात गरिरहेका छौँ”, मन्त्री यादवले भने, “अहिले सरकारले उत्पादन, कृषि र उद्योग लगायतलाई बजेटमा प्राथमिकतामा राखेको हो ।”

मन्त्री यादवले विकासमा राजनीति गर्न नहुने भनाइ राखे । पहाडलाई सम्पत्ति बताउँदै उनले जडीबुटीको अपार खानी पहाड भएको बताए ।

कार्यक्रममा कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश रावलले कञ्चनपुरको बेदकोट नगरपालिकामा स्थापना हुने प्रदेश नं ७ को दैजी छेला औद्योगिक क्षेत्र स्थापनाको काम अगाडि बढाउन, महाकाली नदीमा चार लेनको पुल निर्माण हुन्जेल शारदा ब्यारेज (बनबासा पुल) १२ घण्टा सञ्चालन गराउन पहल गर्न, गड्डाचौकीमा अध्यागमन कार्यालय स्थापना गर्न लगायतका माग गरे । रासस