२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धान र मकै मात्र संकलन

अ+ अ-

काठमाडौं । नेपाल खाद्य संस्थानले मुलुकका विभिन्न ठाउँमा उत्पादन भएको खाद्यान्न संकलन, भण्डारण र दुर्गम क्षेत्रमा ढुवानी गर्दैआएको छ ।

नेपाल खाद्य संस्थानको योजना विभागका विभागीय प्रमुख शंकर सापकोटाका अनुसार खाद्य संस्थानले विशेष गरी धान र गहुँको व्यवस्थापन गर्दै आएको छ । संस्थानले मकैको व्यवस्थापन भने गर्न सकेको छैन ।

“मंसिरमा धान, वैशाख र जेठमा गहुँ संकलन गछौँ,” सापकोटाले भने । चालु आवमा करीब दुई लाख ५० हजार क्विन्टल धान उत्पादन भएको छ । विपत् अवस्थालाई ध्यानमा राखी संस्थानले खाद्यान्न जगेडा राख्ने गरेको छ । हाल तीन लाख ३० हजार खाद्यान्न मौज्दात रहेको उनको भनाइ छ ।

सापकोटा भन्छन्, “दुर्गम क्षेत्रसहित २३ जिल्लामा खाद्यान्न ढुवानी गर्दैआएका छौँ ।” संस्थानले यसबाहेक विपत् परेका अन्य जिल्लामा समेत खाद्यान्न ढुवानी गर्दैआएको छ ।

आव २०७३÷७४ मा संस्थानले देशका आठ शहरबाट चार हजार मेट्रिक टन गहुँ संकलन गर्ने लक्ष्य राखेको थियो । संस्थानले सो अवधिमा ५५ हजार मेट्रिक टन धान संकलन गरेको थियो ।

खाद्यान्न कारोबार तथा आपूर्तिको संस्थागत व्यवस्था सरकारीस्तरमा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाको पालामा शुरु भएको इतिहास छ । त्यसबेला गुठी र रैकर जग्गाबाट तिरोभरोका रुपमा धान संकलन हुने प्रचलन थियो । उपत्यकाको उत्पादन अपर्याप्त हुँदा खाद्यान्न अभाव हुन नदिन तराईबाट प्रतिवर्ष दुई हजार मन चामल झिकाउने व्यवस्था मिलाइएको थियो ।

वि.सं. २०१८ मा अतिवृष्टि तथा भूःस्खलनबाट पहाडी जिल्ला प्रभावित भएपछि सो समस्या समाधान गर्न तथा आपूर्ति व्यवस्था मिलाउन २०२१ सालमा संस्थान ऐन, २०२१ अन्तर्गत खाद्य व्यवस्था संस्थानको गठन भएको हो । साविकको सम्पत्ति, जग्गा जमीन र दायित्व खाद्य व्यवस्था संस्थानको जिम्मेवारीमा सारिएको थियो । वि.सं. २०३१ मा नेपाल खाद्य संस्थान खडा गरिएको हो ।

नेपाल खाद्य संस्थानले खाद्यान्नको गुणस्तर परीक्षणका लागि प्रयास भइरहेको बतायो । “प्राविधिक पूर्वाधार तथा संयन्त्रको व्यवस्था भइसकेकाले उपकरण जडान गरी साउनभित्र सञ्चालन गर्ने लक्ष्य रहेको छ,” सापकोटाले भने । रासस

प्रतिक्रिया दिनुहोस