२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नेपालमा पुरुष नर्स पनि आवश्यक’

अ+ अ-

काठमाडौं । पुरुष नर्स रत्न गुरागाईंलाई पुनः पुरुषलाई पनि नर्सको रुपमा समावेश गर्ने विषयले खुशी बनाएको छ । ‘देशलाई पुरुष नर्स पनि आवश्यक छ नि’ उनले भने ।

वि.सं. २०४३ मा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा नेपालमा पहिलो ब्याचका रुपमा पुरुषले नर्सिङ पढेका थिए । सोही ब्याजका नर्स हुन्  गुरागार्इं ।
रासससँग कुरा गर्दै उनले भने, ‘‘यो बन्द गर्नै हुँदैन्थ्यो, फेरि शुरु हुनु सकारात्मक विषय हो, नर्सिङ पढ्न धेरै पुरुष इच्छुक पनि छन् ।’’ वीर अस्पतालमा बीस वर्षे लामो सेवा गरी सेवानिवृत्त भई हाल हेटौँडास्थित नारायणी मेडिकल एण्ड टेक्नोलोजीका प्रधानाध्यापक गुरागाईंले नीति निर्माण तहमा पनि महिला पुरुष भए अघि बढ्न बल पुग्ने बताए ।’’

उनले पुरुष बिरामीको हेरचाह, दुर्गम जिल्लामा पुरुष नर्सलाई खटाउन सकिने बताए । ‘‘पुरुष नर्स हुँदा सामाजिक सुरक्षा मजबुत हुने र पेशालाई माथि उकास्न सहज हुन्छ,’’ उनले भने ।

लामो समयदेखि पुरुषले नर्सिङ पढ्न पाउनुपर्ने आवाजको अन्ततः सम्बोधन भएको छ । नेपाल नर्सिङ परिषद्ले पुरुषलाई पनि नर्सिङ पढ्न पाउने निर्णन गरेपछि बाटो खुल्ला भएको हो ।

नेपाल नर्सिङ परिषद्का अध्यक्ष प्रा गोमादेवी निरौलाले चारैतिरबाट माग भएपछि आवश्यकता महसुस गरी सो निर्णय गरेको बताए । विश्वविद्यालय, प्रतिष्ठान र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्अन्तर्गतका नर्सिङ शैक्षिक संस्थालाई निर्णय कार्यान्वयन गर्न परिषद्ले सूचना जारी गरिसकेको अध्यक्ष निरौलाले बताए ।

अध्यक्ष निरौलाले शैक्षिक सत्र २०७५/७६ देखि लागू हुने गरी १५ प्रतिशत पुरुषलाई नर्सिङ अध्ययनमा समावेश गराउने निर्णय गरेको जानकारी दिए ।

नेपाल नर्सिङ संघले नर्सिङ अध्ययनमा पुरुषलाई कोटा दिनुपर्ने माग राख्दै नेपाल नर्सिङ परिषद्लाई पत्र समेत पठाएको थियो ।

नेपाल नर्सिङ संघकी महासचिव लक्ष्मी केसीले विदेशमा पुरुष नर्स उत्पादन भई काम गरिरहेकाले नेपालमा पनि पुरुष नर्सको आवश्यकता खड्किएको बताए ।

उनले भने,‘‘लैङ्गिक समानताका लागि पनि नेपालमा पुरुष नर्स चाहिन्छ भनेर हामी पहिलेदेखि आवाज उठाउँदै आएका थियौँ ।’’
जनशक्ति उत्पादन गर्न संघमार्फत नर्सिङ परिषद्लाई पत्र पठाएका थियौँ ।’’ अब नर्स भन्ने वित्तिकै महिला मात्र हुन्छन् भन्ने मानसिकता परिवर्तन हुने उनको विश्वास छ ।

परिषद्मा नेपाल र भारतमा अध्ययन गरेका १०५ जना पुरुष नर्स परिषद्मा दर्ता भएका छन् । अब निर्णय कार्यान्वयन भएमा वार्षिक १२५ कलेजबाट १५ प्रतिशत पुरुष नर्स उत्पादन हुँदा वर्षमा एक हजार १५५ पुरुष उत्पादन हुने अनुमान गरिएको छ । वार्षिक १२५ भन्दा बढी नर्सिङ कलेजबाट सात हजार ७४० जना नयाँ महिला नर्स उत्पादन हुँदै आएका छन् ।

वि.सं. २०४६ मा त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) मा पुरुष नर्सको पढाइ शुरु भएको थियो । चार ब्याचसम्म मात्र अध्ययन भएको त्यो समयमा ८० जना पुरुष नर्स जनशक्ति उत्पादन भएका थिए । पछि पुरुषका लागि नर्सिङ पढ्ने अवसर बन्द भयो ।

नेपाल नर्सिङ परिषद्मा ८१ हजार ९० नर्स दर्ता छन् । जसमा स्टार्फ नर्स ४९ हजार ३४, अनमी ३१ हजार २२१ र विदेशी नर्स ८३५ दर्ता छन् । दर्ता भई वर्सेनि लाइसेन्स दर्ता नवीकरण भने १३ हजार ८३६ स्टार्फ नर्स र तीन हजार ६३४ अनमीले मात्र गराएको परिषद्को तथ्यांक छ । रासस

प्रतिक्रिया दिनुहोस